बजेट पढ्ने बेलासम्म कांग्रेससँग सहमति भइसक्छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ) – Nepal Press

बजेट पढ्ने बेलासम्म कांग्रेससँग सहमति भइसक्छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट वक्तव्य आउनु अघि सम्ममा संसदीय छानबिन समिति बनाउन समझदारीमा पुगिने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले बजेट वक्तव्य आउनु अघिसम्म संसदीय छानबिन समिति गठनको लागि सहमतिमा पुगिने बताएका हुन् ।

उनले आफूले संसदमा भइरहेको गतिरोध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको बताए । उनले टीओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गरेमा आज (आइतबार) बेलुकासम्ममा नै समझदारी हुनसक्ने बताए ।

उनले संसदीय समिति गठनमा सहमति भइसकेको उल्लेख गर्दै टीओआरमा पनि सहमतिको नजिकै पुगेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर