कांग्रेसलाई ओलीको जवाफ- गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन सम्भव छैन (भिडिओ) – Nepal Press

कांग्रेसलाई ओलीको जवाफ- गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन सम्भव छैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न सम्भव नभएको बताएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले लामिछानेको राजीनामा माग्दै समिति गठन गर्न माग गरेको छ ।

त्यसको जवाफमा ओलीले भने, ’गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन सम्भव छैन ।’

प्रधानमन्त्री प्रचण्डले आज संसदमा उठेका प्रश्नको जवाफ दिँदै लामिछाने सहकारी ठगीमा जोडिएको प्रमाण नभएको बताएका थिए । तर, लगत्तै बोलेका कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले लामिछानेमाथि पर्याप्त प्रमाण भएकाले छानबिन गर्न समिति गठन गर्न माग गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर