‘आइएमई पे’ को रिफन्डेबल फिचर मार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्या वृद्धि – Nepal Press

‘आइएमई पे’ को रिफन्डेबल फिचर मार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्या वृद्धि

काठमाडौं । नेपालको डिजिटल वालेट ‘आइएमई पे’ ले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्या वृद्धि हुदै गएको छ ।

‘आइएमई पे’ एप मार्फत आन्तरिक हवाई टिकट अन्तर्गतको रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा वृद्धि भएको हो । प्रयोगकर्ताले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पे ले उपलब्ध गराएको सेवामा ग्राहकको संख्या बढेको कम्पनीले जनाएको छ ।

आइएमई पे एप मार्फत प्रयोगकर्ताले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट(रिफन्डेबल) फिचर पनि पाउन सकिन्छ।

आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक हवाई टिकटमा टिकट रिफन्डेबल फिचर प्रवर्द्धन भएको १ वर्षको अवधिमै प्रयोगकर्ताहरूको बढ्दो संख्याले सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर