अफरोड ट्रयाकमा एमजी ४ ईभीको ‘स्ट्रेन्थ टेस्ट’, ग्राउन्ड क्लियरेन्समा बलियो – Nepal Press

अफरोड ट्रयाकमा एमजी ४ ईभीको ‘स्ट्रेन्थ टेस्ट’, ग्राउन्ड क्लियरेन्समा बलियो

काठमाडौं । एमजीले ‘एमजी फोर ईभी’को स्ट्रेन्थ टेस्टमार्फत ईभीको अविश्वसनीय सम्भावनाहरूको परीक्षण गरेको छ । एमजीको नेपालका लागि आधिकारीक वितरक पारामाउन्ट मोटर्स प्रालिले ‘एमजी फोर ईभी’को स्ट्रेन्थ टेस्ट गरेर अविश्वसनीय सम्भावनाहरूको परीक्षण गरेको हो ।

नेपालमा आयोजना गरिएको ‘एमजी ४ स्ट्रेंन्थ टेस्ट इन्डुरेन्स इन एड्भरसिटी’ नामक पहिलो ईभी स्ट्रेन्थ टेस्ट इभेन्ट धुलिखेलको ‘डर्ट टेम्पल’मा गराएको हो ।

एमजी ४ ईभीको डर्ट टेम्पलमा गरिएको ‘इन्डुरेन्स’ मा डर्ट ट्रयाकमा हिलो बाटो, सार्प टर्निङ, हील असिस्ट र ओरालोको पर्फमेन्सजस्ता विषयमा ईभीको परीक्षण गरेको कम्पनीले जनाएको छ । ट्रयाकमा गाडी कुदाउँदै गाडीको ग्राउन्ड क्लियरेन्स, चारवटै चक्कामा रहेका इन्डिपेन्डेन्ट सस्पेन्सनको पर्फमेन्स, त्यसको पावर र पीकअपको अनुभव दर्साइएको थियो ।

कम्पनीका अनुसार एमजीको डेडिकेटेड ईभी प्लेटफर्ममा बनेको पहिलो ईभी एमजी फोर, अविश्वसनीय डर्ट ट्रयाकमा ड्राइभ गराइएको थियो । भने, उक्त ट्रयाकमा पटहोल, ठाडो उकालो, सार्प टर्निङ, मडी, बम्पी बाटोमा कारको स्ट्रेन्थ टेस्ट समेत गरिएको थियो ।

त्यस्तै, हेर्दा कम ग्राउण्ड क्लियरेन्स भएको देखिए पनि इन्डिपेन्डेन्ट र स्टिफ सस्पेन्सनका कारण चार जना बसेर गाडी चलाउँदा पनि ग्राउन्ड क्लियरेन्सका कारणले समस्या सिर्जना नभएको पाइएको कम्पनीको दाबी छ । एमजी ४ ईभीमा रहेको हील असिस्ट, हील डिसेन्ट कन्ट्रोल तथा रियर ह्वील ड्राइभका कारण अफ्ठ्यारो बाटोमा पनि राम्रो पर्फमेन्स दिएको अनुभव सहभागीले बताए ।

पारामाउन्ट मोटर्सका प्रतिनिधिका अनुसार नेपालमा रहेको विभिन्न ईभी गाडिहरूमध्ये एमजीले पहिलो पटक यस्तो परीक्षण गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर