बझाङ उपनिर्वाचनको लागि कांग्रेसले गर्यो १० आकांक्षीको नाम सिफारिस


बझाङ । आगामी वैशाख १५ गते बझाङमा हुने उप निर्वाचनका लागि नेपाली काँग्रेस नाम सिफारिस गरेको छ।
सोमबार नेपाली काँग्रेस जिल्ला कार्यसमितिले आकांक्षी १० जना उम्मेदवारहरूको नाम सिफारिस गरेको हो ।
पार्टी केन्द्रीय कार्यालयबाट बढीमा तीन जनाएको नाम सिफारिस गर्न परिपत्र गरिएको भए पनि पार्टीमा सहमति हुन नसकेपछि १० जनाको नाम सिफारिस गरी पठाएको पार्टी जिल्ला सभापति खडक बोहराले जानकारी दिए ।
उनका अनुसार सत्यराज भण्डारी,जगत प्रसाद जोशी, शान्ति बोहरा, अबिशेक सिह, नन्द कृष्ण जोशी, धुर्बराज उपाध्याय, विष्णु कुमार सिंह , लोकेन्द्र बहादुर रोकाया, नारायण हमाल , र अर्जुन स्याडा रहेका छन् ।
बझाङ प्रदेश निर्वाचन क्षेत्र क मा उप निर्वाचन हुँदै छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंहको निधन भएपछि उप निर्वाचन हुन लागेको हो।
नेकपा एमालेले पनि उप निर्वाचनको लागि दमनबहादुर भण्डारी, जुना जाग्री र राधा विष्टको नाम सिफारिस गरिसकेको छ ।