मधेश सरकारबाट कांग्रेस आउट, एमाले इन- सरोज यादवले लिए शपथ – Nepal Press

मधेश सरकारबाट कांग्रेस आउट, एमाले इन- सरोज यादवले लिए शपथ

जनकपुरधाम । मधेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । एमाले संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराइन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण प्रसाद यादवलाई बर्खास्त गरी एमालेका यादवलाई भित्र्याएका हुन् ।

स्रोतका अनुसार एमालेलाई थप तीन मन्त्रालय दिने सहमति बनेको छ । बाँकी २ मन्त्री पछि पठाउने तयारी छ । यस प्रदेशमा एमालेका २४ सांसद छन् ।

नयाँ सत्ता समीकरण अनुसार एमालेलाई प्रदेश सरकारमा सहभागी गराइएको छ भने कांग्रेसलाई सरकारबाट हटाइएको छ । नयाँ गठबन्धनमा लोसपा नरहेपनि प्रदेशमा सहभागी हुने बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर