एसडी मुनि भन्छन्- राजतन्त्र नहुँदा नेपालमा शक्ति केन्द्र धेरै भएर भारतलाई हैरान भयो – Nepal Press

एसडी मुनि भन्छन्- राजतन्त्र नहुँदा नेपालमा शक्ति केन्द्र धेरै भएर भारतलाई हैरान भयो

काठमाडौं । भारतका नेपाल मामिलाका जानकार तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका प्राध्यापक एसडी मुनिले नेपालमा राजतन्त्र नभएर भारतलाई धेरै शक्ति केन्द्र झेल्न गाह्रो भएको बताएका छन् ।

आफ्नो ताजा किताब बारेमा डिप्लोम्याट म्यागाजिनमा कुरा गर्दै मुनिले नेपालमा राजतन्त्र भएको भए भारतलाई नेपाल मामिला बारेमा सहज हुने भन्दै मुनिले चीनको बढ्दो फैलावट रोक्न राजतन्त्र जस्तो शक्ति आवस्यक भएको बताए ।

राजतन्त्रले भारतलाई साइजमा राख्न सन् १९५० दशकमा अमेरिका, १९६० को दशकमा चीन र पाकिस्तानलाई नेपालमा छिराएको भन्दै मुनिले भारतीय जनता पार्टी (बिजेपी)सँग भने राजतन्त्रको राम्रो सम्बन्ध भएको बताए ।

उनले भने, ‘सन् १९७० र १९८० को दशकमा बिजेपीलाई नेपाली राजतन्त्रले चुनावमै सहयोग गरेको थियो ।’ पछिल्लो समयमा कट्टर गणतन्त्रवादी शेरबहादुर देउवा र आर्जु राणा नि हिन्दू धर्मको पक्षमा सकरात्मक भएको भन्दै मुनिले अरु दलका नेताले नि चिया गफमा हिन्दू धर्मको पक्षधरता देखाउन थालेको बताए ।

भारतीय पक्षले राजा र हिन्दू देश एकै सिक्काका दुई पाटा देख्ने पनि उनले बताए । यस्तै भारतको गोरखापुरको गोरखनाथ मन्दिर, बिजेपी र राष्ट्यि स्वयमसेवक संघले नेपालमा हिन्दू देशको पक्षमा काम सुरु गरेको बताए । बिजेपीका विदेश विभाग प्रमुख बिजय चौथाइवालेको तारकातार नेपाल भ्रमणको एक कारण त्यही भएको मुनिले बताए ।

नेपालको विदेश नीतिमा पिएचडी गरेका मुनिले सन् १९७३ मै नेपालको विदेश नीति नामक किताब ल्याएका थिए । युद्धकालमै माओवादीलाई भारतीय सत्तासँग जोड्नमा पनि उनको योगदान भएको उनले आफैं लेख्दै आएका छन् ।

 


प्रतिक्रिया

2 thoughts on “एसडी मुनि भन्छन्- राजतन्त्र नहुँदा नेपालमा शक्ति केन्द्र धेरै भएर भारतलाई हैरान भयो

  1. Academic ethics demands that academicians change their stand, based on newer evidence. Based on this premise, Prof Muni should be complimented for his new stance on Nepal monarchy. However, Muni in particular has to do much more than just give an interview to absolve himself of the crime against humanity that he too can be accused of having committed by enabling the Nepali Maoist terrorists to slaughter 17,000 fellow citizens in Nepal. He was the main conduit to link these terrorists with the Bajpai government. Should Prachnda and company be hauled to The Hague, most likely, Muni too will have to follow them. In any case, his support for the Maoist terrorists will remain a permanent stain on his credentials as an academician that he, in all honesty, must regret all his life

  2. बल्ल बुझेछन् यस्ता बिद्वान भनाउदाले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर