सत्तारुढ दलकै नेताले प्रचण्डमाथि पाेखे आक्रोश- ओली र देउवाले घाँटी जोडे तपाईंको हालत के हुन्छ ? (भिडिओ) – Nepal Press

सत्तारुढ दलकै नेताले प्रचण्डमाथि पाेखे आक्रोश- ओली र देउवाले घाँटी जोडे तपाईंको हालत के हुन्छ ? (भिडिओ)

काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै पाण्डेले प्रचण्डलाई साथ दिँदा पनि बाटोमा अलपत्र छाडेर हिँडेको भन्दै आक्रोश पोखे ।

उनले भने, ‘संविधानको रक्षाको लागि पार्टीभित्रको व्यक्तिवादी चरित्रका विरुद्ध हामीले विद्रोह गरेर आफैंले बनाएको पार्टी तोडेर विष पिएर तपाईंको पक्षमा उभिएका थियौं । हामीलाई बाटामा छोडेर हिँड्नुभयो । यो भन्दा अनैतिकता के हुन्छ ? म प्रधानमन्त्रीलाई प्रश्न गर्छु, यो भन्दा अनैतिकता के हुन्छ ? एकचोटी हाम्रो पार्टीको ठाउँमा उभिएर सोच्नुहोस् । अघि पनि यहाँ कुरा आएको छ, ओली र शेरबहादुरजीले घाँटी जोडे भने तपाईंको हालत के हुन्छ ?’

उनले राजनीतिमा विकृति र अविश्वास बढेकाले विकास हुन नसकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर