माधव नेपालको हस्ताक्षरसहित गठबन्धनमा नयाँ सहमति, राष्ट्रियसभा उपाध्यक्ष एमालेले लिने वाक्य हट्यो – Nepal Press

माधव नेपालको हस्ताक्षरसहित गठबन्धनमा नयाँ सहमति, राष्ट्रियसभा उपाध्यक्ष एमालेले लिने वाक्य हट्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनको सहमति पत्रमा हस्ताक्षर गरेका छन् । यसअघि चार दलबीच भएको ८ बुँदे सहमति भएको थियो । आज ७ बुँदे सहमति सार्वजनिक गरिएको छ ।

पाँच दलबीच भएको सहमतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली, रास्वपाको सभापति रवि लामिछाने, नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

यसअघि चार दलबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादी र उपाध्यक्षलाई लिने सहमति भएको थियो । नयाँ सहमति पत्रमा गरेपछि राष्ट्रियभा उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने वाक्य हटेको छ ।

यसअघि मन्त्रिपरिषद् विस्तारसम्बन्धी सहमति पनि भइसकेकोले हटाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर