युक्रेनको पक्षमा वाइफाई नाम राख्ने रुसी विद्यार्थी दश वर्ष जेल चलान – Nepal Press

युक्रेनको पक्षमा वाइफाई नाम राख्ने रुसी विद्यार्थी दश वर्ष जेल चलान

काठमाडौं । युक्रेनको पक्षमा वाइफाई नाम जोड्ने एक रुसी विद्यार्थी दश वर्ष जेल चलान भएका छन् । स्लाभा युक्रेन अर्थात् युक्रेनको जय होस् भन्ने अर्थ आउने नाम राखेका मस्को स्टेट युनिभर्सिटीका एक विद्यार्थी दश वर्ष जेल चलान भएका हुन् ।

बीबीसीका अनुसार मस्कोको अदालतले उनले अतिवादी संगठनको संकेत दिएको भन्दै बिहीबार उक्त फैसला सुनाएको हो । विद्यार्थी बुधवार पक्राउ परेर अदालतमा हाजिरी गराइएका थिए ।

यद्यपि, यो घटना रुसमा मात्रै भएको होइन । यस अगाडि रुसको पक्षमा आफ्नो विचार राख्नेहरूलाई जर्मनी लगायतका युरोपेली देशमा जेल चलान गरिएका घटनाहरू सार्वजनिक भइसकेका छन् । सन २०२३ मेमा रुसको पक्षमा लागेको भन्दै जर्मनीका ३५ वर्षका एक युवालाई तीन वर्ष कैद फैसला गरिएको थियो ।

सन २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमा सैन्य हमला गरेपछि युक्रेन र रुस मात्रै होइन अमेरिकी नेतृत्वको युरोपेली देशहरू पनि रुस विपक्षमा आएका छन् । दुई पक्षले विपक्षीलाई साथ दिने नागरिकहरूलाई थुन्दै आएका समाचारहरू सार्वजनिक हुँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर