सुदूरपश्चिममा एमालेले माग्यो मुख्यमन्त्रीको राजीनामा, शाहले थाले सरकार विस्तारको गृहकार्य – Nepal Press

सुदूरपश्चिममा एमालेले माग्यो मुख्यमन्त्रीको राजीनामा, शाहले थाले सरकार विस्तारको गृहकार्य

अछाम जाँदै गरेका प्रदेश प्रमुख डडेलधुराबाटै फर्किए

कैलाली । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा मागेका छन् । प्रदेश सभा भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै संसदीय दलका नेता रावलले मुख्यमन्त्री शाहको राजीनामा मागेका हुन् ।

एमाले दलका नेता रावलले भने, ‘मुख्यमन्त्री शाह अल्पमतमा परिसकेकाले उहाँले नैतिकताका आधारमा तत्काल पदबाट राजीनामा दिनु पर्छ ।’

उनले आफू अल्पमतमा पर्दा राजीनामा दिएको स्मरण गराउँदै उनले वर्तमान मुख्यमन्त्री शाहलाई पनि त्यस्तै गर्न सुझाव दिएका हुन् ।

दुई दिन पहिले मुख्यमन्त्री शाहले माओवादीका तीन मन्त्रीलाई र आज नेकपा एकीकृत समाजवादीका एक मन्त्रीलाई बर्खास्त गरेका थिए । त्यस लगत्तै दुबै दलले समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री अल्पमतमा परेका हुन् ।

एमालेले राजीनामा माग्दा यता मुख्यमन्त्री शाह भने राजीनामा नदिने तर, सरकार विस्तार गर्ने गरि छलफल अगाडी बढाएका छन् ।मुख्यमन्त्री शाह राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिएर आफ्नो नेतृत्वमा रहेको अहिलेकै सरकारलाई निरन्तरता दिने कसरत गरिरहेका छन् ।

सुदूरपश्चिममा ५२ जना प्रदेश सभा सदस्य छन् । यहाँ कांग्रेसका १८, माओवादी केन्द्रका ११ एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । राप्रपा र स्वतन्त्र १्१ सांसद छन् ।

मुख्यमन्त्री शाहले आफ्नो पार्टीका १८, नागरिक उन्मुक्तिका ७ स्वतन्त्र र राप्रपाका १्१ सांसदलाई लिएर सरकार विस्तारको तयारी गरेको उच्च स्रोतको दाबी छ ।

नागरिक उन्मुक्तिले बिहीबारसम्म नयाँ गठबन्धनलाई साथ दिने नदिने बारे ठोस निर्णय सार्वजनिक गरिसकेको छैन । तर यसअघि नै नागरिक उन्मुक्तिले सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी गरिसकेको छ ।

त्यस अवस्थामा कांग्रेसलाई अहिलेकै सरकारलाई निरन्तरता दिन सकिने आशा गरिरहेको हो । यसैबिच अछाम जाँदै गरेका प्रदेश प्रमुख देवराज जोशी डडेलधुराबाटै धनगढी फर्केका छन् । प्रदेश प्रमुख अप्रत्याशित रुपमा फर्किनुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर