हङकङ सिरिज युवा खेलाडीका लागि धेरै अवसर हो : कप्तान रोहित – Nepal Press

हङकङ सिरिज युवा खेलाडीका लागि धेरै अवसर हो : कप्तान रोहित

काठमाडौं । हङकङमा शनिबारदेखि सुरु हुने टी-२० सिरिजका लागि नेपाली खेलाडीको बिदाइ गरिएको छ ।

क्यानले एक कार्यक्रम गर्दै टी-२० सिरिज खेल्ने नेपाली क्रिकेट टोलीलाई विवाद गरेको हो । बिदाइ कार्यक्रममा नेपाली टोलीका कप्तान रोहित पौडेलले यो सिरिज युवा खेलाडीका लागि अवसर भएको बताए ।

‘हङकङको सिरिजमा सिनियर खेलाडी छैनन्, युवा खेलाडीका लागि धेरै अवसर हो यो’, उनले भने ।

उनले थपे, ‘विश्वकप अघि यो सिरिज एकदमै महत्वपूर्ण छ । किनभने सबैको ज्ञान परीक्षण गर्न मिल्छ । तयारीका अनुसार हामी एकदमै तयार छौं । र आउने खेलमा राम्रो गर्ने विश्वास छ ।’

विश्वकप तयारीका लागि सरकारले चालेको कदम एकदमै राम्रो भएको कप्तान पौडेलले बताए । उनले भने, ‘हिजो भर्खरै विश्वकप छनोटका लागि नेपाल सरकारबाट ५ करोड तयारी बजेट आएको छ । मलाई लाग्छ यो एकदमै राम्रो कदम हो । आउने दिनमा पनि यसैगरी सहयोग भइराख्छ भन्ने विश्वास छ मलाई ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *