एनपी साउँदले गर्ने भनिएको नेपाल रुस टेलिफोन वार्ता नारायणकाजीले गर्दै – Nepal Press

एनपी साउँदले गर्ने भनिएको नेपाल रुस टेलिफोन वार्ता नारायणकाजीले गर्दै

काठमाडौं । नेपाल र रुसका विदेशमन्त्रीहरुको टेलिफोन वार्ता आज हुने भएको छ । परराष्ट्र मन्त्रीमा एनपी साउद हुँदा तय भएको वार्ता उनी पदबाट हटेपछि अन्योलमा परेको थियो ।

नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री भएर आएपछि आज श्रेष्ठ र रुसी विदेश मन्त्री सेर्ग लेभ्रोबको टेलिफोन वार्ता तय भएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले मिडियालाई दिएको जानकारी अनुसार कुराकानी आज सवा दुई बजे हुनेछ ।

सन २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमा सैन्य हमला गरेसँगै युक्रेनी युद्ध मैदानमा रुसको तर्फबाट जानेहरूमा नेपालीहरू पनि छन् ।

सयौँ नेपाली बेपत्ता भएको र १९ जनाको मृत्यु पुष्टि भइसकेको अवस्थामा गर्न लागिएको यो वार्ता नेपाल र रुस बीच उच्च तहमा भएको पहिलो वार्ता हुनेछ ।

यस अगाडि परराष्ट्र मन्त्री साउद हुँदा उनले रुसका उप विदेशमन्त्री सेर्गेइ वर्सिनिनसँग युगाण्डाको राजधानी कम्पालमा वार्ता गरेका थिए ।

असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनका क्रममा माघ पहिलो हप्ता उक्त वार्ता भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर