अमेरिकी पानीजहाजमा हुथीको आक्रमण हुँदा दुई जनाको मृत्यु – Nepal Press

अमेरिकी पानीजहाजमा हुथीको आक्रमण हुँदा दुई जनाको मृत्यु

काठमाडौं । यमनका विद्रोही समूह हुथीको आक्रमणमा परेर अमेरिकी स्वामित्वको पानीजहाजका दुई यात्रुको मृत्यु भएको छ ।

हुथी दस्ताका प्रवक्ता यह सारीले बुधवार आक्रमण भएको पुष्टि गरेका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार हुथीले गरेको आक्रमणमा परेर आठ जना घाइते भएका छन् ।

हुथी आक्रमणमा परेपछि चालक दलले पानीजहाज छोडेर भागेका छन् भने पानीजहाज डुब्ने जोखिम बढेको छ ।

इजरायलले प्यालेस्टाइनीहरुमा बर्बरता गरेको भन्दै त्यसको विरोधमा इजरायलका समर्थक देशहरूको स्वामित्वमा रहेका पानीजहाजहरूलाई गत अक्टोबरबाट हुथीले लाल सागरमा आक्रमण सुरु गरेका थिए ।

अमेरिका तथा बेलायती दस्ताले संयुक्त हवाई हमला गरेर हुथीका हतियार डिपोटहरुमा बमबारी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर