नेकपा एस गठबन्धनमा नआए राप्रपा, आए हानेपा र नेमकिपा निर्णायक – Nepal Press
बागमती प्रदेश

नेकपा एस गठबन्धनमा नआए राप्रपा, आए हानेपा र नेमकिपा निर्णायक

कांग्रसले पनि सरकार बनाउन सक्ने बाटो खुल्ला, यस्तो छ गणित

हेटौंडा । राष्ट्रिय राजनीतिमा नयाँ गठबन्धन विजारोपण भैरहँदा त्यसको असर प्रदेशमा पनि देखिने भएको छ । केन्द्रमा बनेको गठबन्धनमा राप्रपा सहभागी नभएर प्रतिपक्षी दलको रूपमा रहने सार्वजनिक अभिव्यक्ति आएपछि त्यसको असर बागमतीमा पर्ने देखिएको हो । तर, बागमतीमा ३ सीट रहेको नेमकिपा र २ सीट रहेको हाम्रो नेपाली पार्टी (हानेपा) पनि निर्णायक हुने देखिएको छ ।

यस प्रदेशमा हाल नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य शालिकराम जम्कट्टेल नेतृत्वको सरकार छ ।

राप्रपा सरकारमा सहभागी नहुँदा बागमतीमा नयाँ गठबन्धनले हानेपा या नेमकिपाको साथ लिनुपर्ने देखिन्छ तर यसो हुँदा समाजवादी पनि नयाँ गठबन्धनमा हुनुपर्ने देखिन्छ । समाजवादी गठबन्धनमा नआएको अवस्थमा नयाँ गठबन्धनको लागि राप्रपा अनिवार्य देखिन्छ ।

बागमतीमा हाल १ सय १० जना प्रदेशसभा सदस्यहरू छ्न् । जसमा सबैभन्दा ठूलो दलको रूपमा नेपाली कांग्रेसको ३७ सीट छ । ऊ अहिले सरकारमा सहभागी छ । सरकार गठनको लागि बागमतीमा ५६ सांसद चाहिन्छ ।

यहाँ एमालेको २७, माओवादी केन्द्रको २१ सीट, राप्रपाको सभामुखबाहेक १२ सीट छ भने नेकपा एसको ७ सीट छ । नयाँ गठबन्धनमा समाजवादी हुँदा यहाँ तीन दलको ५५ सिट मात्र हुन्छ । नयाँ गठबन्धनको लागि एक सीटको कमि पूरा गर्न राप्रपा, नेमकिपा या हानेपाको अनिवार्य साथ आवश्यक देखिन्छ । यस्तो अवस्थामा यी तीन दलमध्ये एक दलको साथ नयाँ गाठबन्धनलाई आवश्यक पर्छ ।

बागमतीमा कांग्रेसले पनि सरकार बनाउन सक्ने बाटो खुल्ला छ । ३७ सीटको कांग्रेसले १२ सीट रहेको राप्रपा, ७ सीट रहेको समाजवादीलाई साथ लिएर सरकार बनाउन सक्ने विश्लेषण पनि भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर