कांग्रेस कैलालीको जिल्ला सम्मेलन वैशाखमा हुने, यस्तो छ वडादेखि क्षेत्रीय सम्मेलनको तालिका – Nepal Press

कांग्रेस कैलालीको जिल्ला सम्मेलन वैशाखमा हुने, यस्तो छ वडादेखि क्षेत्रीय सम्मेलनको तालिका

कैलाली । नेपाली कांग्रेस कैलालीले आफ्नो जिल्ला सम्मेलन आगामी वैशाख महिनाको अन्तिम सम्ममा गर्ने निर्णय गरेको छ । जिल्ला कार्य सम्पादन समिति कैलालीको बैठकले २०८१ वैशाख मसान्तसम्ममा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको जिल्ला सचिव नृप सुनारले जानकारी दिए ।

दोस्रो जिल्ला सम्मेलनका लागि फागुन २६ गते बाट तयारी सुरु गर्ने निर्णय गरिएको छ । वडा र टोल सम्मेलन २०८० फागुन २६ देखि चैत १६ गतेसम्म गर्ने, पालिका सम्मेलन चैत १७ देखि चैत ३० गतेसम्म, प्रदेश क्षेत्रीय सम्मेलन र प्रतिनिधि सभा क्षेत्रीय सम्मेलन २०८१ वैशाख १ देखि वैशाख १० गतेसम्म निर्णय गरिएको हो । सबै सम्मेलन सकेर जिल्ला सम्मेलन जिल्ला सम्मेलन २०८१ वैशाख मसान्तसम्म गर्ने निर्णय गरिएको छ ।

पार्टी, जनप्रतिनिधि र बजेट विषयक एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गर्ने समेत निर्णय गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर