चितवनमा देउवाले भने- यो सरकार पूर्णरुपमा जान्छ र अर्थतन्त्रको विकास गर्छ – Nepal Press

चितवनमा देउवाले भने- यो सरकार पूर्णरुपमा जान्छ र अर्थतन्त्रको विकास गर्छ

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन सरकारको निरन्तरता कायम रहने बताएका छन् ।

भरतपुर महानगरको भ्रमण वर्ष उद्घाटन कार्यक्रममा बोल्दै उनले गठबन्धन सरकार कायम रहने र आगामी पर्यटन विकास यही सरकारले गर्ने बताए । ‘गठबन्धन सरकारको निरन्तरता कायम रहन्छ, उनले भने, ‘यो सरकार पूर्ण रुपमा जान्छ र अर्थतन्त्रको विकासमा यो सरकारले काम गर्छ ।’

महानगरको पर्यटन वर्ष उद्घाटनको कार्यक्रममा चार पूर्व प्रधानमन्त्रीले राजनीतिक कुरा नबोलेपनि देउवाले भने गठबन्धन सरकार निरन्तर अघि बढ्ने बताए । उनले पर्यटन र अर्थतन्त्र सुधारको काममा सरकारले पूर्णरुपमा काम गर्ने प्रतिवद्दता कार्यक्रममा नै जनाएका थिए ।

सरकारले निजी क्षेत्रको विकास गर्दैपर्यटन विकास गर्ने पनि बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर