सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छाअनुसार चलेको गगनको आरोप (भिडिओ) – Nepal Press

सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छाअनुसार चलेको गगनको आरोप (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छाअनुसार चलेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक बोल्दै महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन् ।

उनले यी दुई विभाग चल्ने छुट्टै कानूनी प्रावधान भएपनि कार्यकारीको इच्छा अनुसार चल्ने गरेको आशंका रहेको धारणा राखे । उनले कार्यकारी शक्ति हुनेहरुले सम्पती शुद्धीकरण र राजस्व अनुसन्धान हतियार बनाउने गरेको पनि बताए ।

उनले राजनीतिक दलको प्रतिष्पर्धामा पनि सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान प्रयोग भएको आफूसँग प्रशस्त प्रमाण रहेको भन्दै बजार हल्ला नभएर बास्तविकता रहेको दाबी गरे ।

महामन्त्री थापाले राजश्व अनुसन्धान विभागले राजश्व अनुसन्धानमा अर्थ मन्त्रालयसँग अलग भएर काम गर्दा विभागको उद्देश्यअनुसार काम गर्न अप्ठ्यारो भएको विषयमा जानकारी दिन आग्रह गरे ।

महामन्त्री थापाले सम्पत्ति शुद्धीकरणले बेनामी उजुरीको आधारमा कुनै एक जना व्यवसायी वा राजनीतिकज्ञलाई दुःख दिने माध्यमको रुपमा काम गरेको आरोप लगाए । उनले बेनामी उजुरी दर्तामा लैजाने वा नलैजाने भन्ने विषयमा पैसाको मोलमोलाई हुन्छ भन्ने सुनेको समेत बताए ।

उनले सम्पत्ति शुद्धीकरण विभागले टाक्स फोर्सले दिएको सुझाव बमोजिम घर जग्गा, आयात निर्यात, सहकारीको कारोबार आदिबाट सम्पत्ति शुद्धीकरणका विषयमा काम गर्न आवश्यक रहेको बताए ।

यस्तो छ थापाको भनाइः

सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान कानून अनुसार चलेका छन् । अपेक्षा गर्ने कुरा त्यही हो । यी दुई निकायहरु प्रधानमन्त्री कार्यालय मातहत राख्नुपर्ने कारण कानूनी रुपमा चल्ने भन्दा पनि कार्यकारीको इच्छामा उछल्ल छ की भन्ने आंशका छ । कार्यकारी शक्ति हुनेहरुले सम्पती शुद्धीकरण र राजस्व अनुसन्धान हतियार बनाउछन् भन्ने आरोप छ ।

राजनीतिक दलको प्रतिस्पर्धामा पनि सम्पती शुद्धीकरण र राजश्व अनुसन्धान प्रयोग भएका उदाहरणहरु र प्रमाण छन् । बजारका हल्ला मात्रै हुन भन्ने सक्ने अवस्था छैन ।

राजश्व अनुसन्धान विभागले राजश्व अनुसन्धानमा अर्थ मन्त्रालयसँग अलग भएर काम गर्दा विभागको उद्देश्यअनुसार काम गर्न अफ्ठ्यारो भएको छ की छैन ?

कानूनमा समय अनुकल संशोधन गर्नुपर्ने भन्नुभएको छ । सम्पत्ति शुद्धीकरण बेनामी उजुरीको आधारमा कसैलाई परिसानी गर्ने माध्यमको रुपमा काम गरेको बुझिन्छ । मुद्दा हेर्ने विषयमा मोलमोलाई हुन्छ भन्ने सुनिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर