प्रधानमन्त्रीलाई राप्रपाको प्रश्न- बालकुमारी घटना हत्या भए गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीलाई जेल किन नहालेको ? (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीलाई राप्रपाको प्रश्न- बालकुमारी घटना हत्या भए गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीलाई जेल किन नहालेको ? (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बालकुमारी घटनालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै बालकुमारी घटनामा हत्या भएको भए गृहमन्त्री, भौतिक पूर्वाधार मन्त्री र गोली चलाउने डिएसपीलाई कारबाही गर्नुपर्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले संसदमा बोल्दा बालकुमारीको घटना हत्या भएको हो । देशको कार्यकारी प्रधानमन्त्रीले बालकुमारी घटना यदि हत्या हो भने हत्यारा आदेश दिने गृहमन्त्री, त्यहाँ जाने भौतिक पूर्वाधारमन्त्री र गोली हान्ने प्रहरीको डिएसपीलाई पक्राउ गरेर जेल किन नहालेको ? प्रधानमन्त्री जस्तो मान्छेले यहाँ आएर जे पायो त्यही बोल्न पाइँदैन ।’


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीलाई राप्रपाको प्रश्न- बालकुमारी घटना हत्या भए गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीलाई जेल किन नहालेको ? (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर