पारस खड्का क्रिकेट खेल्न मैदान उत्रिँदै, विश्वकप खेलेको टोलीको नेतृत्व गर्ने – Nepal Press

पारस खड्का क्रिकेट खेल्न मैदान उत्रिँदै, विश्वकप खेलेको टोलीको नेतृत्व गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का सन्न्यासपछि पहिलो पटक क्रिकेट खेल्न मैदान उत्रिने भएका छन् ।

रुपन्देहीमा बन्दै गरेको क्रिकेट मैदानको उद्घाटन कार्यक्रमको अवसरमा आयोजना गरिने मैत्रीपूर्ण खेलमा पारस खेल्न लागेका हुन् ।

रुपन्देहीमा बन्दै गरेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको फागुन १४ गते उद्घाटन हुँदैछ । सोही अवसरमा एक्स्ट्राटेक प्राइभेट लिमिटेडले टी- १० फर्म्याटमा मैत्रीपूर्ण खेलको आयोजना गरेको हो ।

उक्त खेलमा ४ टीम सहभागी हुनेछन् । सहभागी हुने टीममा लेजेन्ड्स ९६, रुपन्देही लेजेन्ड्स, सन् २०१४ को विश्वकपमा सहभागी टोली र रेस्ट अफ नेपाल छन् ।

पारसले सन् २०२४ को विश्वकपमा सहभागी टोलीको कप्तानी गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर