न्यूजिल्यान्डका युवा ब्याटर रचिन रविन्द्रले बनाए दोहोरो शतक – Nepal Press

न्यूजिल्यान्डका युवा ब्याटर रचिन रविन्द्रले बनाए दोहोरो शतक

काठमाडौं । न्यूजिल्यान्डका युवा ब्याटर रचिन रविन्द्रले टेष्ट क्रिकेटमा दोहोरो शतक बनाएका छन् ।

उनले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा दोहोरो शतक बनाएका हुन् ।

रचिनले ३ सय ६६ बलमा २६ चौका र ३ छक्काको मद्दतमा २ सय ४० रन बनाए । रचिनको करिअरमै पहिलो दोहोरो शतक हो ।

रचिनको दोहोरो शतकको मद्दतमा न्यूजिल्यान्डले पहिलो इनिङ्समा ५ सय ११ रन बनाएको छ ।

३९ रनमा २ विकेट गएको न्यूजिल्यान्डलाई रचिन र कप्तान केन विलिम्सनले २ सय ३२ रनको साझेदारी गरेका थिए । विलिम्सन १ सय १८ रनमा आउट भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *