नेपालका सुवास भण्डारीलाई आईसीसीले गर्‍यो कारबाही – Nepal Press

नेपालका सुवास भण्डारीलाई आईसीसीले गर्‍यो कारबाही

काठमाडौं । आचारसंहिता उल्लंघन गरेको भन्दै आईसीसीले नेपालका बलर सुवास भण्डारीलाई कारबाही गरेको छ । पाकिस्तानविरुद्धको खेलमा आईसीसीको आचारसंहिताको उल्लङ्घन गरेको भन्दै भण्डारीलाई आईसीसीले कारबाही गरेको हो ।

भण्डारीले खेलाडी र खेलाडी समर्थन कर्मचारीहरूको लागि आईसीसी आचारसंहिताको धारा २.९ उल्लङ्घन गरेको पाइएको उल्लेख गरिएको छ ।

पाकिस्तानविरुद्ध १४औं ओभरको अन्त्यमा भण्डारीले ब्याटर शाहजाइब खानतर्फ अनुपयुक्त रूपमा बल फ्याँकेपछि उनको काँधमा ठोक्किएको थियो ।

आईसीसीको अनुशासनात्मक रेकर्डमा कारबाहीसँगै भण्डारीको एक डिमेरिट पोइन्ट थपिएको छ । उक्त डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म रेकर्डमा हुनेछ । २४ महिनाको अवधिमा ४ वा सोभन्दा बढी डिमेरिट अंक पुगेमा त्यो निलम्बन अंकमा परिणत हुनेछ ।

दुई निलम्बन अंक एक टेस्ट वा दुई एकदिवसीय वा दुई टि-२० बाट प्रतिबन्ध बराबर हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर