गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ : मन्त्री शर्मा (भिडिओ) – Nepal Press

गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ : मन्त्री शर्मा (भिडिओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रमा बदमासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित भएको बताएकी छन् ।

बिहीबार राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवस २०८१ का अवसरमा आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्वीर प्रदर्शनीमा बाल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारको डेढ वर्षको अवधिमा गणतन्त्रिक व्यवस्थामा बद्मासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित भएको बताएकी हुन् ।

उनले सरकार बन्ने बेलामा वर्तमान व्यवस्था नै खराब हो र गणतन्त्रबाट केही भएको छैन भन्ने भाष्य स्थापित हुन खोजेको अवस्था रहेको भन्दै अहिले त्यस्तो अवस्था नरहेको बताइन् । अहिले जतिसुकै ठूलो पदीय हैसियतमा भएपनि गल्ती गर्नेलाई छुट हुँदैन भन्ने स्थापित भएको उनले बताइन् । उनले सरकारको गतिविधिबाट गणतन्त्र र संविधानभन्दा माथि कोही छैन भन्ने कुरा पुष्टि भएको बताइन् ।

उनले गणतन्त्रपछि सञ्चार क्षेत्रमा गुणात्मक उपलब्धी हासिल भएको बताइन् । तीन तहको सरकार बनेपछि स्थानीय तहमा सडक पूर्वाधारहरु धेरै बनेको र विकास हुन थालेको पनि बताइन् ।

यस्तो छ मन्त्री शर्माको भनाइः

सुशासनको क्षेत्रमा सरकारले लिएको पहलकदमीले व्यवस्था र परिवर्तनको पक्षमा सकारात्मक भाष्य स्थापना गर्न सक्यौँ । यसमा मानव सूचकांकदेखि लिएर समग्र क्षेत्रमा राम्रो, सकारात्मक प्रभाव अगाडी बढाउँदै छ भन्ने कुरालाई तथ्य, तथ्यांकबाट बाहिर राख्यौँ ।

र सरकारले सुशासनको पहलकदमी लिएर चाहे जतिसुकै ठुलो पदीय हैसियतमा भएको भएपनि यदि गल्ती कसैले गर्छ भने गणतन्त्रमा छुट हुँदैन भन्ने एउटा जबर्जस्त भाष्य स्थापित गर्यौँ र ठूलो मान्छे भएपछि जे गरेपनि हुन्छ । बद्मासी गर्दापनि हुन्छ ।

कानूनले छुन सक्दैन भन्ने ढंगको भाष्य स्थापित हुँदा र त्यसबाट आम जनमानसमा निराशा पैदा भएको थियो । त्यसलाई चिर्न सफल भयौँ भन्ने लाग्छ आजसम्म आउँदा । सरकारको करिव डेढ वर्षको अवधि पुगेको छ ।

यो अवधिमा हामी सबैले मेहनत गरेर गणतन्त्र छ र बदमाशी गर्नेलाई कारबाही हुन्छ । गणतन्त्र छ र नै संविधानभन्दा माथि कोही छैन । गणतन्त्र छ र नै कानून सबैलाई लाग्छ भन्ने कुरा हामीले व्यवहारतः पुष्टि पनि गर्यौँ । स्थापित पनि गर्यौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर