मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु – Nepal Press

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीमा मोटरसाइकललाइ ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका वडा नम्बर ४ का रमेश तिरुवाको मृत्यु भएको हो ।

हेटौडा तर्फ जाँदै गरेको ना ७ त ४३७६ नम्बरको ट्याक्टरले हेटौडातर्फबाट नेवारपानी तर्फ आउँदै गरेको बा ७० प ७१८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका तिरुवाको उपचारको क्रममा काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक भरतपुर-४ का मुस्कान घलानको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर