‘डोजर आतंक बन्द गर’ भन्दै महानगरविरुद्ध कवाड व्यवसायीको प्रदर्शन (भिडिओ) – Nepal Press

‘डोजर आतंक बन्द गर’ भन्दै महानगरविरुद्ध कवाड व्यवसायीको प्रदर्शन (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरको ‘डोजर आतंक बन्द गर’ भन्दै कवाड व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् ।

कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा रिङरोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध माइतीघरमा विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले ‘छोटे राजाहरूको आतंक बन्द गरौं, कवाड व्यवसायीहरूको रक्षा गरौं’ लेखिएको मूल ब्यानर बोकेका थिए ।

आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उदेश्यले रिङरोडभित्रका कवाड हटाउने निर्णय भएको भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य भएको उनीहरूको भनाइ छ । काठमाडौं महानगरले अदालतको आदेशसमेत नमानेको भन्दै कवाड व्यवासायीले गरिबलाई पेल्ने नीति स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

केही महिनायता कवाड व्यवसायी महानगरविरुद्ध चरणवद्ध आन्दोलनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर