भेरीमा नुहाउन पसेका दुईजनाको मृत्यु, एपीएफको गोताखोरले निकाल्यो शव – Nepal Press

भेरीमा नुहाउन पसेका दुईजनाको मृत्यु, एपीएफको गोताखोरले निकाल्यो शव

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-२ स्थित भेरी नदीमा बेपत्ता भएका दुवैजनाको शव निकालिएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले उनीहरूको शव निकालेको हो । शनिबार नुहाउने क्रममा भूपेन्द्र केसी र विनोद केसी नदीमा बेपत्ता भएका थिए ।

आइतबार एपीएफको नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको सशस्त्र प्रहरी सहायक निरीक्षक रमेशबहादुर थापाको कमाण्डमा गएको १० जनाको गोताखोरले ३० फिट गहिराइबाट शव निकालेको हो ।

यसैगरी कास्की जिल्लाको पोखरा महानगरपालिका-३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव पनि एपीएफको गोताखोरले निकालेको छ । कञ्चनपुरको बेदकोट नगरपालिका-५ बछेलास्थित झरनाबाट खसेका व्यक्तिको पनि नम्बर ३५ गण कञ्चनपुरको टोलीले शव फेला पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर