प्रहरी देखाएर ट्रेड युनियनले डराएको योयो प्लाइउड कारखानाका मजदुरको दाबी – Nepal Press

प्रहरी देखाएर ट्रेड युनियनले डराएको योयो प्लाइउड कारखानाका मजदुरको दाबी

काठमाडौं । बाँकेको ‘योयो प्लाइउड’ उद्योगमा ट्रेड युनियन गठन गर्न खोज्दा मजदुर विरोधमा उत्रिएका छन् । ट्रेड युनियन गठनका लागि प्रहरीसहित श्रम कार्यालयका कर्मचारी पुगेपछि मजदुरहरू विरोधमा उत्रिएका हुन् ।

मजदुरहरूले ट्रेड युनियनको विरोध गरेपछि प्रहरीसहित श्रम कार्यालयका कर्मचारीहरू फर्केका थिए । प्रशासनले प्रहरी ल्याएर मजदुरमाथि त्रास फैलाउन खोजेको उद्योगका मजदुरहरुले बताएका छन् ।

कम्पनीकै केही हाल कार्यरत नरहेका मजदुरहरूले जिल्ला प्रशासन कार्यालय बाँकेमा ट्रेड युनियन दर्ता गरेपछि विवाद उत्पन्न भएको मजुरहरुले बताएका छन् । मजदुरको सहमतिबिना कार्यरत नरहेका कर्मचारीको हस्ताक्षर गराएर गठन गरिएको ट्रेड युनियनको खारेजी माग गर्दै मजदुरले विरोध गरिरहेका छन् ।

चार वर्षदेखि सञ्चालनमा रहेको प्लाइउड कारखानामा स्थानीय र भारतीयसहित ३०० मजदुर कार्यरत छन् । आफूलाई कामको आवश्यकता रहेको ट्रेड युनियनको नरहेको उद्योगमा कार्यरत एक महिला मजदुरले बताइन् ।

उनका अनुसार कम्पनीले कुनै पनि मजदुरलाई सेवा सुविधा तथा पारिश्रमिकबाट बञ्चित गरेको छैन । घाटामा गएको कारखानालाई बन्द गर्न षडयन्त्र गरी ट्रेड युनियन घुसेको स्थानीय मजदुर राधेश्याम औरहीले बताए ।

‘हामीलाई युनियन चाहिएको छैन । रोजगारी चाहिएको छ । श्रम कार्यालय अरूको कुरा सुनेर हामीलाई दुःख दिन आइरहेको छ । घाटामा गएको कारखानाले मजदुरलाई रोजगारी दिन्छ भने अरूलाई के को आपत्ति हो बुझिन’, उनले भने ।

बाँके जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङले उक्त योयो प्लाइउड कारखानाले मजदुरको संख्या र पारिश्रमिक विवरण उपलब्ध नगराएको बताएका छन् । योयो प्लाइउड कारखानामा कार्यरत कर्मचारीहरुको विवरणका लागि प्रशासनले कर्मचारी पठाएको उनको भनाई छ ।

‘हामीले कम्पनीलाई मजदुरको संख्या र पारिश्रमिक विवरण धेरै पहिला माग गरेका थियौ । तर, हामीलाई कुनैपनि जवाफ आएका थिएन् । प्रशासनका कर्मचारीहरू मंगलबार उद्योगमा पुगेका हुन् । विचमा ट्रेड युनियन पनि सामिल भएका हो । त्यसैले विवाद उत्पन्न भएको हुनसक्छ । श्रम तथा रोजगार कार्यालय बाँकेले माग गरेको विवरण मात्रै माग गरिएका हौ हामीले । त्यो समान्य विवरण मात्रै हो’, उनले भने ।

सञ्चालकले पनि मजदुरलाई अहिलेसम्म कुनै खालको असुविधता नदिएको र चित्तबुझ्दो पारिश्रमिक दिँदै आएको बताएका छन् । योयो कारखाना घटामा भएपनि कुनै मजदुरलाई नरुवाउने दाबी दाबी गरेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *