ओलीको गृह नगरमा एमाले अधिवेशन, अध्यक्षमै ५ जना आकांक्षी – Nepal Press

ओलीको गृह नगरमा एमाले अधिवेशन, अध्यक्षमै ५ जना आकांक्षी

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकको दोस्रो नगर अधिवेशन सुरु भएको छ । ओलीले एमाले दमकको अधिवेशनको उद्घाटन गरे ।

जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सफल भएका ओलीलाई गृहनगरका आकाक्षीको व्यवस्थापनमा भने सकस परेको छ ।

झापा जिल्ला अधिवेशनमा सर्वसम्मत रुपमा कमिटी बनाएको जस लिएका ओलीले भने दमक नगर अधिवेशनमा ५ जना आकाक्षीको व्यवस्थापन गर्नुपर्ने ठाउँमा पुगेका छन् । जिल्ला अधिवेशनमा असन्तुष्ट बनेको बोधप्रसाद घिमिरेको समुहललाई व्यवस्थापन गर्न उनलाई मुस्किल देखिएको हो ।

दमकको अध्यक्ष पदमा अहिलेका उपसचिव सन्तोष दुलाल, नगर कमिटीका सदस्यहरु राम पौडेल, युवराज घिमिरे, भगवान बस्नेत र लोकबहादुर अधिकारीको दाबेदारी छ ।

यीमध्ये दुलाल निरन्तर घिमिरेको समुहसँग नजिक भएका नेता हुन् । उनी दोस्रो कार्यकाल उपसचिव रहेका थिए । पौडेल र घिमिरेलाई केन्द्रीय सदस्य रोमनाथ ओली, गोविन्द थापाको समर्थन रहेको छ ।

सभामुखका भाइ र मुख्यमन्त्रीका ज्वाइँ प्रतिस्पर्धामा

सभामुख देवराज घिमिरेका भाइ युवराज घिमिरे हुन् । उनी पनि अध्यक्ष पदका लागि आकांक्षी छन् । व्यवसायिक पृष्ठभुमिबाट आएका उनी अहिले नगर कमिटी सदस्य छन् । दमक उद्योग वाणिज्य संघमा उपाध्यक्ष भइसकेका घिमिरे संगठनका भने नयाँ हुन् । त्यस अघि उनी वडा कमिटीमा थिए ।

यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीका कान्छा ज्वाइ भगवान बस्नेत इटा उद्योगी तथा निर्माण व्यवसायी हुन् । उनी दमक नगर कमिटी सदस्य छन् । घिमिरे र कार्की विच झापामा गुटगत प्रतिष्पर्धा रहेको छ । उद्घाटनमा एमाले अध्यक्ष ओलीले सहमतिको अधिकतम प्रयास गर्ने र सहमति नभए तत्कालै निर्वाचनको कार्यक्रम अघि बढाउन निर्देशन दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर