सन्दीपलाई भिसा नदिएपछि अमेरिकी दूतावासको पेजमा नेपालीहरूको आक्रोश – Nepal Press

सन्दीपलाई भिसा नदिएपछि अमेरिकी दूतावासको पेजमा नेपालीहरूको आक्रोश

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई भिजा नदिएकोमा व्यापक आलोचना भएको छ ।

अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप टी-२० क्रिकेट प्रतियोगितामा जान भिसा लिन दूतावास पुगेका सन्दीपले भिसा पाएका थिएनन् ।

यसैलाई लिएर नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अमेरिकी दूतावासको सामाजिक सञ्जालमा व्यापक आलोचना गरेका छन् ।

हालसालै अमेरिकी दूतावासले सार्वजनिक गरेको क्लर्क र क्यासियरको जागिरको विज्ञापनको सूचनामा फेसबुक प्रयोगकर्ताहरूले व्यापक आलोचना गरेका छन् ।

उनीहरूलाई सन्दीपलाई भिसा दिन आग्रह गर्दे किन नदिएको भन्दै आलोचनासमेत गरेका छन् ।

३५ मिनेटसम्म विज्ञापनमा १५ सय बढीको आक्रोशको रियाक्ट भएको छ भने हजार भन्दा धेरै कमेन्ट आएका छन् ।

उसो त आजै कैलाश सिरोहिया पक्राउलाई संकेत गरेर दूतावासले पोस्ट गरेको प्रेस स्वतन्त्रताबारेको पोस्टमा पनि धेरैले आक्रोशित प्रतिक्रिया दिँदै नेपालको आन्तरिक मामिलामा नबोल्न आग्रह गरेका थिए ।

दूतावासले लामिछानेको भिसा ५ वर्षअघि पनि रोकेको थियो । सन् २०१९ अगस्ट १३ (२०७८ साउन २८) मा अन्तर्वार्तामा बोलाएर फर्काइएको थियो ।

सन्दीपले त्यसबारेमा सामाजिक सञ्जालमा आलोचनात्मक पोस्ट गरेका थिए ।

सन्दीपले आलोचनात्मक ट्वीट भाइरल भएसँगै अमेरिकी दूतावासको व्यापक आलोचना भएको थियो । त्यसको केही घण्टापछि सन्दीपलाई दूतावासले आफैँ बोलाएर भिसा दिएको थियो ।

योपटक सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा एप्लाई गरेका थिए । जसलाई अमेरिकी दूतावासले अस्वीकृत गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर