जेभियर इन्टरनेशन यु-१९ बास्केटबल प्रतियोगिता सम्पन्न, प्रथम र द्वितीयले पाए ५० र ३० हजार नगद – Nepal Press

जेभियर इन्टरनेशन यु-१९ बास्केटबल प्रतियोगिता सम्पन्न, प्रथम र द्वितीयले पाए ५० र ३० हजार नगद

काठमाडौं । जेभियर इन्टरनेशनल कलेजको आयोजनमा भएको १० औं ‘यु-१९’ बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ ।

गत शुक्रबार जेभियर इन्टरनेशनल कलेजले १० औं ‘यु-१९’ बास्केटबल प्रतियोगिता २०२४ आयोजना गरेको थियो । ७ दिनसम्म चलेको उक्त प्रतियोगितामा प्रथमलाई नगद ५० हजारसहित ट्रफी र मेडल पुरस्कार राखिएको थियो भने आर्कोतर्फ महिलालाई २० हजार पुरस्कार थियो ।

छात्र र छात्रा दुवै विद्यामा खेल सञ्चालन गरिएको थियो । जसमा १८ वटा कलेजका टीमहरु पुरुषतर्फ र महिलातर्फ १२ वटा टीमहरुको सहभागी रहेको जेभियर इन्टरनेशनल कलेजका पृन्सिपल दिपेन दहालले बताए ।

उक्त खेलको आज समापन भएको छ र पुरुष खेलाडीतर्फ जेभियर इन्टरनेशनलले प्रथम उपाधि हात पार्न सफल भएको छ भने महिलातर्फ बुढानिलकण्ठ गर्ल्सले प्रथम उपाधी हात पार्न सफल भएको छ ।

जेभियर इन्टरनेशनल कलेजले सुरुवाती कालदेखि विद्यार्थीहरुको खेलकुद देखि हरेक क्रियाकलापमा जोड दिँदै आइरहेको प्रिन्सिपल दिपेन दाहालले बताए ।

‘पढाएइसँगै विद्याथीको खेलकुदलाई पनि सँगै लैजानुपर्छ भन्ने मान्यतालाई आन्तमसाथ गर्दै अगाडि बढीरहेका छौं । जेभियर कलेजबाटै राष्ट्रिय बास्केटबल टिममा खेलाडीहरु पुगेका छन् । दिनेश न्यौपाने, अजय कुस्वा, गरिसा शिलवाल, निकेश मगर, मिना गुरुङ जस्ता खेलाडीहरुले साफ च्यानपीयन्स देखि राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाएका छन्’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर