यू-१९ विश्वकप: दोस्रो खेलमा नेपाल पाकिस्तानसँग पराजित – Nepal Press

यू-१९ विश्वकप: दोस्रो खेलमा नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसंग ५ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले ४७ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानका लागि आन वावैस अर्धसतक प्रहार गरे । उनी ६३ रनमा अविजित रहे । शम्याल हसन र शाहजैब खानले ३७-३७ र अहमेद हसनले २९ रनको योगदान दिए ।

बलिङमा नेपालका आकाश चन्दले ३ र आकाश त्रीपाठीले १ विकेट लिए ।

यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्क क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा सबै विकेट गुमाउदै १९७ रन बनाएको थियो । नेपालका लागि ओपनर विपिन रावलले सर्वाधिक ३९ रन बनाएका थिए ।

दीपक डुम्रेले २६, कप्तान देव खनालले २३, सुभाष भण्डारी २० र गुल्सन झाले १८ रनको योगदान दिएका थिए ।

बलिङमा पाकिस्तानका अरफत मिन्हासले ३ विकेट, उबेद साह र अहमेद हसनले २-२ विकेट लिएका थिए ।

यसअघि नेपाल पहिलो खेलमा न्युजिल्यान्डसंग ६४ रनले पराजित भएको थियो । अब नेपालले शुक्रवार अफगानिस्तानसंग खेल्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर