पाकिस्तानविरुद्ध नेपाललाई चौथो सफलता – Nepal Press

पाकिस्तानविरुद्ध नेपाललाई चौथो सफलता

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू १९ विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ । आकाश त्रीपाठीले नेपालका लागि चौथो सफलता दिलाएका हुन् । उनले कप्तान साद बेगलाई डग आउट गरेका हुन् ।

यसअघि आकाश चन्दले अरफत मिन्हासलाई ८ रनमा आउट गरेका थिए । २२औं ओभरको दोस्रो बलमा शम्याल हसनलाई पहिलो विकेटका रुपमा आउट गरेका आकाशले चौथो बलमा शाहजैब खानलाई आउट गरेका थिए हसन र खानलाई ३७–३७ रनमा आउट गराएका हुन् ।

पाकिस्तानले २९ ओभरमा ४ विकेट गुमाएर ११० रन बनाएर खेलिरहेको छ ।

यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्क क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा सबै विकेट गुमाउदै १९७ रन बनाएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *