सिरोहियालाई म्याद थपका लागि अदालत लैजाने प्रहरीको तयारी – Nepal Press

सिरोहियालाई म्याद थपका लागि अदालत लैजाने प्रहरीको तयारी

जनकपुरधाम । नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज पुनः म्याद थपका लागि धनुषा प्रहरीले अदालत लैजाने तयारी गरेको छ ।

धनुषा जिल्ला अदालतले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद दिएको थियो । म्याद बिहिवार नै सकियो । तर विहिवार सार्वजनिक विदा रहेकाले प्रहरीले आज अदालत लगिदैँछ ।

अनुसन्धान नसकिएकाले म्याद थपका लागि सिरोहियालाई आज अदालत लगिने धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए ।

अदालतको अनुमतिपछि प्रहरीले सिरोहियालाई काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयबाटै पक्राउ गरेको थियो । उनलाई सोही राति स्थलमार्गबाट जनकपुरधाम ल्याएर अदालतमा पेश गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर