पाकिस्तानविरुद्ध नेपालका आकाशले लिए एकै ओभरमा दुई विकेट – Nepal Press

पाकिस्तानविरुद्ध नेपालका आकाशले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपालका लागि आकाश चन्दले एकै ओभरमा दुई विकेट लिएका हुन् ।

२२औं ओभरको दोस्रो बलमा शम्याल हसनलाई आउट गरेका आकाशले चौथो बलमा शाहजैब खानलाई आउट गरेका हुन् ।

आकाशले शम्याल हसनलाई उत्तम थापामगरको हातबाट क्याच आउट गराएका हुन् । हसन ३७ रन बनाएर आउट भए । खानलाई ३७ रनमै आकाश त्रिपाठीको हातबाट क्याच आउट गराएका हुन् ।

पाकिस्तानले २३ ओभरमा २ विकेट गुमाएर ८३ रन बनाएर खेलिरहेको छ ।

यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्क क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा सबै विकेट गुमाउदै १९७ रन बनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर