हेटौंडाको भुटनदेवी मन्दिर दर्शनमा पूर्वराजा, समर्थकको भिड (तस्बिरहरू) – Nepal Press

हेटौंडाको भुटनदेवी मन्दिर दर्शनमा पूर्वराजा, समर्थकको भिड (तस्बिरहरू)

हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाह आज बागमती प्रदेशको राजधानी हेटौंडा आएका छ्न् ।

शाह केही समययता सांस्कृतिक भ्रमणमा व्यस्त देखिन्छन् । उनको स्वागतमा स्थानीय जनताको ठूलै भिड जम्मा भएको थियो । पूर्वराजाको प्रतीक्षामा घन्टौं अगाडिदेखि स्थानीय भेला भएका थिए । उनीहरूमध्ये धेरैले हातमा नेपालको झण्डा बोकेका छन् ।

स्थानीयको भिडमा महिला र वृद्धवृद्धाको संख्या ठूलो थियो । भिड छिचोल्न सुरक्षाकर्मी र स्वयम्सेवकलाई हम्मेहम्मे परेको थियो ।

अपरान्ह हेटौंडा आएका पूर्वराजा शाहाले हेटौंडा-१० मा रहेको भुटनदेवी मन्दिरमा पूजा आरधना गरेका छ्न् । यसअघि उनले हेटौंडा-१५ स्थित चुरियामाई मन्दिरमा दर्शन गरेका थिए । त्यस्तै हेटौंडा-१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बामा पनि उनले पूजाअर्चना गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर