जसपा ताप्लेजुङमा नयाँ नेतृत्व, कृतिमान बने अध्यक्ष – Nepal Press

जसपा ताप्लेजुङमा नयाँ नेतृत्व, कृतिमान बने अध्यक्ष

ताप्लेजुङ । जनता समाजवादी पार्टी (जसपा) नेपालको ताप्लेजुङ जिल्ला समिति पुनर्गठन भएको छ । ताप्लेजुङको फुङ्लिङमा आयोजित भेलाबाट कृतिमान मादेनको अध्यक्षतामा ३१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

जसपा प्रचार विभागका अनुसार समितिको उपाध्यक्षमा भक्त येङ्देन, भरत गुरुङ सचिवमा श्री लिङ्खिम उपसचिव अरुण लेछर्वी, सरोज कङ्लिवा छन् ।

केन्द्रीय सदस्य मचिन्द्र बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेशका उपाध्यक्ष प्रेम वनेमलगायतका उपस्थित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर