युवा संघकाे नारा- ओ पुलिस दाई, गोली चाहिँ नठोकिहाल है… (तस्बिरहरू) – Nepal Press

युवा संघकाे नारा- ओ पुलिस दाई, गोली चाहिँ नठोकिहाल है… (तस्बिरहरू)

काठमाडौं । बालकुमारी घटनामा दुई जनाको मृत्यु भएको विरोधमा नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले प्रर्दशन गरेको छ । बालकुमारी चोकमा संघले प्रर्दशन गरेको हो ।

उनीहरु प्रधानमन्त्रीज्यू रोजगारी माग्ने युवालाई तातो गोली, युवाहरु सडकमा मरेको, सरकार भ्रष्टाचारमा सडेको, राज्यको ज्यादती बन्द गर, युवा मार्ने गृहमन्त्रीको राजीनामा खोई भन्दै प्रश्न गरेका छन् ।

अस्तिको आन्दोलनमा गोली चलाएर दुई जनताको मृत्यु भएकोप्रति प्रहरीलाई पनि कटाक्ष गर्दै उनीहरुले ओ पुलिस दाइ, गोली चाहिँ नठोकिहाल है… भनेका छन् ।

उक्त प्रदर्शनमा प्रहरीको गोली लागेर दैलेखको महाबु गाउँपालिका ६ का २३ वर्षीय सुजन रावत र अछामको चौरपाटी गाउँपालिका १ का २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर