पाँच महिनामा निर्जीवन बीमा कम्पनीहरुले गरे १५ अर्ब ७४ करोड बढीको व्यवसाय – Nepal Press

पाँच महिनामा निर्जीवन बीमा कम्पनीहरुले गरे १५ अर्ब ७४ करोड बढीको व्यवसाय

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ७४ करोड बढीको बीमाशुल्क संकलन गरेका छन् ।

चालू आर्थिक वर्षको मंसिर महिनासम्म १४ निर्जीवन बिमा कम्पनी र दुई लघुबिमा कम्पनीहरुले १५ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

मंसिर महिनासम्म कुल बीमालेख संख्या ११ लाख ७२ हजार ४४७ रहेको छ । पाँच महिनामा सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ९९ करोड ९७ लाख बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्सले ६१ करोड ९१ लाख, ओरिण्टलले ७२ करोड ७१ लाख, राष्ट्रिय बिमा कम्पनीले ६२ करोड ६१ लाख, नेशनल इन्स्योरेन्स कम्पनीले ५१ करोड १९ लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब ३३ करोड ३० लाख, शिखर इन्स्योरेन्सले १ अर्ब ५७ करोड ७६ लाख, हिमालयन एभेष्टले १ अर्ब ३९ करोड ५३ लाख, एनपीएलजी इन्स्योरेन्सले १ अर्ब १ करोड ६४ लाख, शिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६५ करोड १९ लाख, सानिमा जिआईसी इन्स्योरेन्सले ९६ करोड ८६ लाख, आइशजआई प्रेडेन्सियलले १ अर्ब ३८ करोड १२ लाख र युनाइटेडले १ अर्ब ७ करोड १२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर