शेयर बजारमा १५ अर्बको आईपीओ आउँदै, कुन-कुन कम्पनीले कति मूल्यमा निकाल्दैछन् ? – Nepal Press

शेयर बजारमा १५ अर्बको आईपीओ आउँदै, कुन-कुन कम्पनीले कति मूल्यमा निकाल्दैछन् ?

काठमाडौं । शेयर बजारमा १५ अर्ब ४१ करोड ६७ लाख रुपैयाँ मूल्यभन्दा बढीको आईपीओ थपिँदैछ । नेपाल धितोपत्र बोर्डको तथ्यांकअनुसार दुई दर्जन कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

आईपीओ निष्कासनको माग गर्नेमा अधिकांश जलविद्युत कम्पनी छन् । ११ वटा जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति मागेका छन् । यी जलविद्युत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा शेयर जारी गर्ने जनाएका छन् ।

यता, उत्पादन तथा प्रशोधन समूहअन्तर्गतको रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासनको लागि अनुमति मागेको छ । ७ लाख ७० हजार ४४० कित्ता शेयर निष्कासनको माग गरेको रिलायन्सले मूल्य भने खुलाएको छैन । यस कम्पनीले गत वर्षको असारमा आईपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको थियो । ‘बुक बिल्डिङ’ विधिबाट आईपीओे निष्कासन गर्न सुविधा भएपछि वास्तविक क्षेत्रका कम्पनी पनि धितोपत्र बजारमा आउन थालेका छन् ।

सर्वोत्तम सिमेन्टले ३६ लाख कित्ता आईपीओे निष्कासन गर्नेछ । सर्वोत्तमको आईपीओको दर ७५१ रुपैयाँ ५० पैसा प्रस्ताव गरिएको छ ।

अन्य समूहअन्तर्गत अकोड फार्मासिटिकल्स, ट्रेड टावर, कान्तिपुर टेलिभिजन नेटवर्कले पनि आईपीओ निष्कासनको लागि अनुमति मागेका हुन् ।

पछिल्लो एक साता लगातार बढेको बजारमा दुई दिन भने करेक्सन देखिएको छ । बजार बढ्ने आधारहरु तयार भएको भन्दै आईपीओप्रति पनि सर्वसाधारणको चासो देखिँदै आएको छ । सामान्यतया आईपीओ अंकित मूल्यमा निकालिँदै आए पनि पछिल्लो समय प्रिमियम मूल्यमा जारी गर्ने प्रचलन बढ्दै आएको छ ।

कुन कम्पनीको कति शेयर आउँदैछ ?


प्रतिक्रिया

One thought on “शेयर बजारमा १५ अर्बको आईपीओ आउँदै, कुन-कुन कम्पनीले कति मूल्यमा निकाल्दैछन् ?

  1. गजबै भयो त नेपाल बिधुत प्राधिकरणले बत्तिको महसुल नतिरेको भन्दै बत्तिको लाइन काटि दिएको छ । तर यिनै कम्पनीहरूले शेयर निस्काशन गरी रहेकाछन् । जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, सर्वोत्तम सिमेण्ट । शेयर बिक्री गरेर बत्तिको महसुल तिर्ने योजना छ की क्या हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर