इजरायली मिसाइल आक्रमणमा २ सिरियाली सैनिक घाइते – Nepal Press

इजरायली मिसाइल आक्रमणमा २ सिरियाली सैनिक घाइते

काठमाडौं । सिरियाको राजधानी दमास्कसमा इजरायली सेनाले गरेको क्षेप्यास्त्र आक्रमणमा परी दुई सैनिक घाइते भएको सिरियाली सेनाले जनाएको छ ।

आक्रमण सिरियाली गोलान हाइट्सको दिशाबाट शुरु गरिएको थियो ।

यसैबीच युद्ध पर्यवेक्षक सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले इजरायली हवाई हमलामा दुई अज्ञात व्यक्तिहरू मसाकिन अल–दिमासको आवासीय क्षेत्र र दमास्कसको उत्तरपश्चिममा कुदसया उपनगरमा रहेको सैन्य साइटहरूमा मारिएको बताएको छ ।

इजरायली क्षेप्यास्त्रहरूले दमास्कसको दक्षिणी भागमा रहेको सइदा जेनाब क्षेत्र नजिकै लेबनानी हिजबुल्लाह लडाकु समूहसँग सम्बन्धित सैन्य स्थानहरूलाई पनि निशाना बनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर