वीरगञ्जमा मेयर र उपमेयरका समर्थकबीच हात हालाहाल ! – Nepal Press

वीरगञ्जमा मेयर र उपमेयरका समर्थकबीच हात हालाहाल !

जनकपुरधाम । पर्साको वीरगञ्ज महानगरपालिकामा मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलम समर्थकबीच कुटाकुटको स्थिति भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत बस्ने गरेको कार्यकक्ष सारेर अन्यत्र लगेको र खाली भएको कार्यालयमा पञ्जीकरण शाखा सार्न खोज्दा उपमेयर आलमका समर्थकले रोकेपछि विवाद भएको हो । विवाद हात हालाहालसम्मको स्थितिमा पुगेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

पहिले प्रमुख प्रशासकीय अधिकृत बस्ने गरेको कार्यालयलाई पञ्जीकरण शाखामा रुपान्तरण गर्न मेयर सिंह र वडाध्यक्षहरुले पहल गरेका थिए । तर, उपमेयर आलमसहित उनको सचिवालयका समर्थकले अवरोध गर्दा विवाद भएको बुझिएको छ ।

वडा नम्बर १७ का वडाध्यक्ष सञ्जीवबहादुर क्षेत्रीले भने, ‘पञ्जीकरण शाखालाई वृद्धवृद्धा तथा अपाङ मैत्री बनाउन आवश्यक छ । तर, उपमेयर बाधक बनेपछि चर्काचर्की भयो ।’

स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत बसेको कार्यालयमा उपमेयर आलम सर्न चाहेका थिए । विवादपछि झडपको स्थिति बनेकाले जिल्ला प्रहरी कार्यालयका डीएसपी कुमारविक्रम थापा आफैं घटनास्थल खटिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर