कमल थापाको टिप्पणी- नोटमा चुच्चे नक्सा राख्ने निर्णय सस्तो लोकरिझ्याईँ मात्र – Nepal Press

कमल थापाको टिप्पणी- नोटमा चुच्चे नक्सा राख्ने निर्णय सस्तो लोकरिझ्याईँ मात्र

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली नोटमा चुच्चेनक्सा राख्ने निर्णयगर्नु सस्तो लोकरिझ्याईँ मात्र भएको टिप्पणी गरेका छन्।

सीमा मिचिएको विषयमा चुईक्क बोल्न नसक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नोटमा चुच्चेनक्सा राख्ने निर्णयगर्नु सस्तो लोकप्रियता मात्रै भएको उनको भनाइ छ।

उनले भनेका छन्,- सीमा मिचिएकोवारे चुईक्क बोल्न नसक्ने, भारत रिसाउँछ भनेर ईपिजीवारे कुरा गर्न डराउने, नेपालको जलश्रोतमा भारतीय एकाधिकार कायम गराईदिने वर्तमान सरकारले नेपाली नोटमा चुच्चेनक्सा राख्ने निर्णयगर्नु सस्तो लोकरिझ्याईँ मात्र हो।

उनले कुटनीति सस्तो लोकप्रियताको विषय बनाउनु हुन्न भन्ने प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री श्रेष्ठले बुझ्नुपर्ने बताए। सरकारले एक सय रुपैयाँको नोटमा चुच्चेनक्सा राख्ने निर्णय गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर