तपाईंको मोबाइल अत्यधिक तात्ने गर्छ ? यसरी गर्नुस् समाधान – Nepal Press

तपाईंको मोबाइल अत्यधिक तात्ने गर्छ ? यसरी गर्नुस् समाधान

काठमाडौं । अधिकांश प्रयोगकर्ताहरुलाई आाफ्नो स्मार्टफोन अत्यधिक तात्ने गरेको महसुस हुन्छ, जसले कतिपय प्रयोगकर्ताहरू स्मार्टफोन बढी तातेकोमा चिन्तासमेत मान्छन् ।

सामान्य रूपमा मोबाइल तात्दा कुनै पनि समस्या हुँदैन, तर अत्यधिक तात्ने मोबाइलले स्थायी क्षति पुर्‍याउन सक्छ । मोबाइल तातेपछि धेरैजसोलाई बिग्रेको भन्ने लाग्छ, तर मोबाइल तात्नु सामान्य मानिन्छ । सस्तो मोबाइल तात्ने र महँगो नतात्ने भन्ने हुँदैन । ब्राण्ड र क्वालिटी मोबाइल तात्ने कुरासँग मेल खाँदैन । मात्र मोबाइलको तापक्रम सन्तुलनमा ल्याउने काममात्रै गर्ने हो ।

यसलाई यसरी बुझौं, कुनै ब्राण्डको मोबाइल अलिक कम तात्छ भने कुनै अलि धेरै । मोबाइल तात्ने कुरा प्रोसेसरले कति काम गरेको छ भन्ने कुरामा भरपर्छ । जहाँ कम क्षमताको प्रोसेसरले बढी काम गरिरहेको छ भने त्यो मोबाइल अवश्य तात्छ । प्रोसेसर बढी क्षमताको हुँदा धेरै काम गर्दा पनि मोबाइल तात्ने गर्छ ।

आफ्नो मोबाइल कम ताते जस्तो लाग्नु भनेको रिफ्रेसरेट र कुलिङ सुविधा राम्रो रहेको भन्ने हो । कुलिङ फ्यासिलिटी र प्रोसेसर बढी क्षमताको हुँदा बढी काम र छिटो कुलिङ हुने हुँदा मोबाक्ष्ल कम तातेको भान हुन्छ ।

किन अत्यधिक तात्ने गर्छ मोबाइल ?

मोबाइल अत्यधिक तात्नुका दुई कारण हुन्छन् । पहिलो- मोबाइलको प्रोसेसर र जीपीयू अर्थात् भित्री मोबाइल चलाउने अथवा रन गर्नेसम्बन्धी । दोस्रो- पावर अर्थात् ब्याट्री ।

सामान्यतया भिडियो गेम खेल्दा मोबाइल अत्यधिक तात्ने गर्छ । लामो समय क्यामरा प्रयोग गर्दा, भिडियो रेकर्ड गर्दा पनि मोबाइल तात्ने गर्छ । चार्ज गर्दागर्दै मोबाइल चलाउने गर्नाले पनि मोबाइल तात्छ । किनभने मोबाइल चार्ज गर्दा हिट अर्थात् पावर सप्लाई भइरहँदा त्यत्तिकै ताप उत्पन्न गरिरहेको हुन्छ । त्यसैमा अन्य काम जस्तैः चार्जमै लगाएर गेम खेल्ने र फोन गर्ने तथा भिडियो हेर्नाले हिट बढी जेनेरेट हुन्छ । त्यसैले मोबाइल बढी तात्ने गर्छ ।

सामान्य रूपमा मोबाइल तात्दा भने केही चिन्ता लिनुपर्दैन । किनभने धेरै काम एकैसाथ गर्दा र बढी क्षमताका एप्लिकेशन चलाउँदा मोबाइल तात्नु सामान्य हो । फोन हल्का तात्नुलाई सामान्य रूपमा लिँदा हुन्छ, तर अत्यधिक तातेर मोबाइल समात्नै नसक्ने अवस्था अथवा केही छिनमै तात्छ भने यस्तो अवस्थामा समस्या हुनसक्छ । सामान्यभन्दा बढी र क्षणक्षणमै तातिरहन्छ भने मोबाइलमा समस्या आएको हुनसक्छ ।

मोबाइल तात्नुका केही कारण

  • मोबाइलको प्रोसेसिङ क्षमता कम हुँदा मोबाइल तात्ने गर्छ, जुन मोबाइल खरिद गर्दा प्रोसेसर क्षमता नै उल्लेख गरिएको हुन्छ ।
  • घाम अर्थात् अत्यधिक गर्मीमा पनि मोबाइलमा भिडियो तथा फोटो लिँदा पनि दोहोरो तापक्रमले गर्दा मोबाइल छिट्टै तात्ने गर्छ ।
  •  ब्याट्री गलत चार्जर अथवा बढी वाट चार्जर प्रयोग गर्दा पनि ब्याट्रीमा समस्या आउँछ, जसले बारम्बार मोबाइल तातिरहेको हुन्छ ।

मोबाइललाई अत्यधिक तात्नबाट जोगाउने उपाय

  • स्मार्टफोनहरुमा अपडेट चेक गरेर आफ्नो फोनलाई अपडेट गरिरहनुपर्छ । किनभने स्मार्टफोनको अपडेट समयसमयमा भइरहने गर्छ । स्मार्टफोन कम्पनीहरुले आफूले प्रदान गरेका सिस्टमहरुलाई सुधार्दै नयाँ अपडेट प्रदान गर्ने गर्छ, जुन सुरक्षाको दृष्टिकोणले आवश्यक नै हुन्छ ।
  • प्रयोगकर्ताले मोबाइल अपडेट नगर्दा पुरानो सिस्टममा बगहरु हुनसक्छन्, जसले काम गर्दा सुस्त हुने र तात्ने गर्छ । त्यसैले बेलाबेलामा स्मार्टफोन अपडेट गर्दा यस्ता बगहरु आउने गर्दैनन् र सजिलै एप्लिकेशनहरु रन गर्न सकिन्छ ।
  • स्क्रिन रिजोल्युशन र हेभी एप्लिकेशन घाम पर्नेभन्दा टाढा राखेर चलाउँदा पनि मोबाइल छिटो तात्दैन ।
  • चार्ज लगाउँदा मोबाइलकै चार्जर प्रयोग गर्नुपर्छ । बढी वाट भएको फास्ट चार्जर पनि प्रयोग गर्नुहुँदैन ।
  • फोन चार्ज गर्दा मोबाइलको कभर हटाउनुपर्छ, जसले मोबाइललाई छिटो कुलिङ गर्छ ।
  • मोबाइलको स्टोरेजलाई पनि बेलाबेलामा सफा गर्नुपर्ने हुन्छ, जसमा पुराना फाइलहरु डिलिट गर्नुपर्ने हुन्छ । मोबाइल ह्याङ हुने समस्या भए पुनः पूरै फर्म्याट गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर