सानेपा बैठकमा नैनसिंह महर- नेतृत्वले सही ड्राइभ नगर्दा अवस्था नाजुक हुँदैछ, समीक्षा गरौं (भिडिओ) – Nepal Press

सानेपा बैठकमा नैनसिंह महर- नेतृत्वले सही ड्राइभ नगर्दा अवस्था नाजुक हुँदैछ, समीक्षा गरौं (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी नेतृत्व चुकेको आरोप लगाएका छन् । सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूले बैठकमा पछिल्लो समय पार्टी नेतृत्वले राम्रोसँग काम गर्न नसकेको कुरा राखेको बताए ।

उनले भने, ‘केपी ओलीले संसद विघटन गरेदेखि नै आजसम्म कांग्रेसको नेतृत्वको ५÷६ जना पदाधिकारीहरूले नेतृत्व गर्नुभएको छ । उहाँहरूको ड्राइभले कांग्रेसलाई ठीक ठाउँमा पुर्याउन सकेको छैन । यो विषयमा समीक्षा हुनुपर्छ । जुन गतिमा कांग्रेसले उपलब्धि हासिल गर्नुपर्ने हो त्यो भन्दा नाजुक हुँदैछ ।

उनले पार्टी सभापति शेरबहादुर देउवा मात्रै नभइ पार्टीका सबै पदाधिकारी जिम्मेवारीबाट चुकेको आरोप लगाए ।

उनले थपे, ‘सभापति मात्रै होइन, सबै नेतृत्व चुक्नुभएको छ । अहिले पनि उहाँहरूले माथिमाबाट प्रस्ताव ल्याउनुभएको छ । गठबन्धन गर्ने बेलामा पनि त्यसरी नै प्रस्ताव आएको थियो । हामीले ताली बजाएका हौं । सहभागीतामूलक निर्णय प्रक्रियामा जानुपर्यो संसदमा पनि भूमिका बढाउनुपर्यो ।’

उनले पार्टीभित्र प्रश्न उठेका व्यक्तिको विषयमा पनि बैठकले छानबिनको लागि खुला रहेको निर्णय गरेर जानुपर्ने बताए ।

उनले थपे, ‘हाम्रो पार्टीभित्र पनि प्रश्न उठेका छन् । यो बैठकले आएको शंका उपशंकाहरूलाई पनि निवारण गर्न छानबिनको लागि खुला छौं भन्ने निर्णय गर्नुपर्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर