सर्वोच्चले माग्यो केदार कार्कीको नियुक्ति र विश्वासको मतसम्बन्धी सक्कल कागज – Nepal Press
कोशी प्रदेश

सर्वोच्चले माग्यो केदार कार्कीको नियुक्ति र विश्वासको मतसम्बन्धी सक्कल कागज

विराटनगर । सर्वोच्च अदालतले कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको नियुक्ति र विश्वासको मत लिँदाको सक्कल फाइल मगाएको छ । हिक्मत कार्कीको नियुक्ति खारेजी र आफ्नो पुनर्वहालीको माग लिएर सर्वोच्च गएका कार्कीको रिटमा आज सुनुवाइ गर्दै थप कागज मगाएको हो ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजालसले ती दुई कागजको सक्कल फाइल महान्याधिवक्ताको कार्यालय मार्फत यथाशीघ्र झिकाउन आदेश दिएको छ ।

इजालसले उत्प्रेषण आदेश दिँदै असोज २५ गते ४७ जना सांसदहरूको समर्थनपश्चात नियुक्तिसम्बन्धी फाइल र नियुक्तिपश्चात कात्तिक १ गते ८६ जना सांसदबाट प्राप्त विश्वासको मतसम्बन्धी फाइल सक्कल मगाएको छ ।


प्रतिक्रिया

One thought on “सर्वोच्चले माग्यो केदार कार्कीको नियुक्ति र विश्वासको मतसम्बन्धी सक्कल कागज

  1. माग पदमुक्तिकाे खारेजी प्रमाण किन निजकाे शुरू नियुक्ति र बिश्वासकाे मतकाे । माग बर्तमानकाे प्रमाण माग इतिहासकाे । म त छक्कै परे वा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर