कांग्रेसले सहकारी ठगी प्रकरणको आन्दोलनमा तीनै तहका पार्टी संरचना परिचालन गर्ने – Nepal Press

कांग्रेसले सहकारी ठगी प्रकरणको आन्दोलनमा तीनै तहका पार्टी संरचना परिचालन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सहकारी पीडितको रकम फिर्ता गराउन तीनै तहमा सशक्त प्रदर्शन गर्ने भएको छ ।

सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले काठमाडौं केन्द्रितमात्रै नभइ पार्टीले स्थानीय तहसम्म आन्दोलन गर्ने तयारी गरिरहेको बताए ।

उनले भने, ‘७५ हजार सहकारी पीडितको बचत फिर्ता गराउन कांग्रेसले सदन र सडक दुवै ठाउँबाट आवाज उठाउँछ । संघमा मात्रै होइन प्रदेशमा पनि कांग्रेसले यो विषयलाई सशक्त रुपमा उठाउँछ । सहकारी पालिकास्तरमा पनि दर्ता भएको अवस्था छ । यो तीनै ठाउँबाट नियमन हुने अवस्था भएकाले तीनै तहमा पार्टींका संरचनामात्रै नभइ सहकारीमा आबद्ध आमनागरिकको बचतको सुरक्षा गर्न कांग्रेस लाग्छ ।’

केन्द्रीय सदस्य शिवाकोटीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमा पनि केन्द्रीय प्रतिनिधि खटाइने बताए ।

उनले थपे, ‘यो केसमा गृहमन्त्री आफैं संलग्न भएको कुरा आइरहेका छन् । यस्ता अवस्थामा कुन नैतिकताको आधारमा कारबाही प्रक्रिया अगाडि बढाउनसक्छ । नैतिक रुपमा स्खलित भएका छन् । अहिले सहकारीको विषय आएपछि डरको साम्राज्य खडा गरेर मिडिया व्यवस्थापनमा लागेका छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर