राप्रपाको निष्कर्ष- दोहोरो कानून हुँदैन, गृहमन्त्री लामिछानेमाथि लागेका आरोपको छानबिन हुनुपर्छ – Nepal Press

राप्रपाको निष्कर्ष- दोहोरो कानून हुँदैन, गृहमन्त्री लामिछानेमाथि लागेका आरोपको छानबिन हुनुपर्छ

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिने प्रतिवेदनहरुमाथि छलफल भएको छ । बैठकमा भोलिदेखि तीन दिनसम्म बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिने प्रतिवेदनहरुमाथि बृहत्त छलफल भएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन, महामन्त्री डा. धवलशमसेर राणाले सांगठनिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङ्ले सचिवालय सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गरे ।

प्रस्तुत प्रतिवेदनहरुलाई सामान्य परिमार्जन सहित केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरिने उनले बताए ।

बैठकमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि नागरिकता दुरूपयोग सम्बन्धी अभियोगमा पक्राउ परेको विषय पनि छलफल भएको बताए ।

उनले भने, ‘अब त्यो विषय न्यायिक निरुपणको विषय बनिसकेको छ । राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुन विपरीत गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट छ । नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानविन सुरु भएको छ त्यसैगरी गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपमाथि पनि छानविन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ ।’

कानून सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्ने बैठकले निष्कर्ष निकालेको बताए । गृहमन्त्री लामिछानेमाथि पछिल्लो समय सहकारी ठगीको आरोप लागेको छ । त्यो विषय छानबिन गर्न विपक्षी दल एकैठाउँमा उभिएका छन् ।


प्रतिक्रिया

One thought on “राप्रपाको निष्कर्ष- दोहोरो कानून हुँदैन, गृहमन्त्री लामिछानेमाथि लागेका आरोपको छानबिन हुनुपर्छ

  1. लिङ्देनले मन्दिरको भेटी चोरे भनेर हावादारी उजुरीदिंदा छानबिन गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर