गृहमन्त्रीलाई भीम रावलको प्रश्न- तपाईं र अरूका लागि फरक फरक कानून छ ? – Nepal Press

गृहमन्त्रीलाई भीम रावलको प्रश्न- तपाईं र अरूका लागि फरक फरक कानून छ ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कानूनी राज्यको उपहास गरेको टिप्पणी गरेका छन् ।

नागरिकता प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेपछि नेता रावलले मन्त्री र अरुमा कानून फरक हुन्छ भन्दै प्रश्न गरे ।

उनले लेखेका छन्, ‘गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानूनविपरीत विदेशको समेत गरी दुइटा नागरिकता र राहादानी हुँदा केही कारबाही नगर्ने तर कैलाश सिरोहियालाई दुइटा नागरिकतामा विवरण फरक परेको भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने ? के मन्त्री र अरूका लागि फरक फरक कानून छ ? कानूनी राज्यको उपहास !’

नेता रावलले आफूविरुद्ध समाचार लेखेकै कारणले प्रतिशोध साध्ने र आतङ्कित पार्ने दुराशयबाट सिरोहियालाई पक्राउ गरिएको हुनसक्ने आशंका व्यक्त गरे ।

उनले थप लेखेका छन्, ‘के प्रकाशन गृहलाई सुरक्षा घेरामा राखेर त्यसका अध्यक्षलाई रातारात काठमाडौं बाहिर लैजाने काम गृहमन्त्री र निजको दलका कतिपय व्यक्ति सहकारीको करोडौं रूपैयाँ ठगीमा संलग्न भएका तथ्य समाचार प्रकाशित भएपछि प्रतिशोध साध्ने र आतङ्कित पार्ने दुराशयबाट गरिएको भन्ने देखिन्न र ?’


प्रतिक्रिया

One thought on “गृहमन्त्रीलाई भीम रावलको प्रश्न- तपाईं र अरूका लागि फरक फरक कानून छ ?

  1. यहि प्रश्न सोधेकोबाट प्रष्ट हुन्छ कि रावल विदेशी एजेण्ट हो भनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर