सङ्कल्प यात्रामा ओली साहस – Nepal Press

सङ्कल्प यात्रामा ओली साहस

जनवादी गणतन्त्र चीन अहिले आर्थिक, प्रविधि र मानवीय विकास तथा सामाजिक सद्भावमा विश्वकै उत्कृष्टमध्यको शीर्ष स्थानमा रहेको छ । चीनको यो चमत्कारी विकासमा झण्डै १०० वर्षअघि माओ त्से-तुङले नेतृत्व गरेको चिनियाँ लाल सेनाको ‘लङ मार्च’ को भूमिका महत्वपूर्ण रहेको छ ।

यो सन् १९३४ को कुरा हो । त्यतिबेला चीनमा च्याङकाई सेकको शासन थियो र चीनको कम्युनिष्ट पार्टी रक्षात्मक अवस्थामा रहेको थियो । अनि माओ त्से-तुङलाई आफ्नै पार्टीले समेत अध्यक्ष पदबाट हटाएको थियो । यस्तो विषम परिस्थितिमा माओ त्से-तुङले सन् १९३४ मा चिनियाँ लाल सेनाको नेतृत्व गर्दै कम्युनिष्ट पार्टीको विस्तार तथा मुलुकको समृद्धिको लागि ‘लङ मार्च’ सुरु गरे । उनको यो अभियानमा देङ सियाओ पिङलगायतका नेताले साथ दिएका थिए ।

पुरुष र महिला गरी ८६ हजार चिनियाँ लाल सेनाको सहभागिता रहेको ‘लङ मार्च’ अभियान ३८१ दिनसम्म चलेको थियो र यो क्रममा चिनियाँ लाल सेनाले नौ हजार किलोमिटर पार गर्दै चिनियाँ जनताको समस्या, चिनियाँ भूगोल, च्याङकाई सेक सरकारको गतिविधि जस्ता विषयमा गहन चासो दिएको थियो । ‘लङ मार्च’को क्रममा च्याङकाई सेकको राष्ट्रिय सेनाले ठाउँ-ठाउँमा अवरोध प्रयास गरे पनि त्यसलाई छिचोल्दै विश्वको चमत्कारी संरचना ग्रेटवालमा सन् १९३५ को अक्टोबर २० मा अभियान टुङ्ग्याइएको थियो ।

‘लङ मार्च’ अभियानले माओ त्से-तुङलाई पार्टीमा अध्यक्षकै भूमिकामा फर्काउँदै च्याङकाई सेक सरकारलाई परास्त गरी जनवादी गणतन्त्र चीनको स्थापना गर्न महत्वपूर्ण टेवा पुर्‍यायो । अहिलेको समृद्ध चीन ९० वर्षअघि माओ त्से-तुङले नेतृत्व गरेको ‘लङ मार्च’को परिणाम हो भन्न कञ्जुस्याइँ गर्नुपर्ने अवस्था छैन ।

एमालेको सङ्कल्प यात्रा

अहिले हाम्रो मुलुक आर्थिक रुपमा समस्याग्रस्त छ । देशमा उद्योगधन्दा, व्यवसाय सबै चौपट छन् । राजनीतिक दलहरुमा पनि समस्या छ । नेकपा एमाले स्वयम् पनि एकता र विभाजनको पीडाबाट राम्रोसँग तङ्ग्रिसकेको छैन । यस्तो अवस्थामा नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ‘समृद्धिको लागि सङ्कल्प यात्रा २०८०’ सुरु गरेको छ । जसरी चीनमा कम्युनिष्ट पार्टी धरमराउँदो अवस्थामा रहेको बेला माओ त्से-तुङले लालसेनाको ‘लङ मार्च’ सुरु गरेका थिए ।

‘लङ मार्च’ अभियानले माओ त्से-तुङलाई पार्टीमा अध्यक्षकै भूमिकामा फर्काउँदै च्याङकाई सेक सरकारलाई परास्त गरी जनवादी गणतन्त्र चीनको स्थापना गर्न महत्वपूर्ण टेवा पुर्‍यायो । अहिलेको समृद्ध चीन ९० वर्षअघि माओ त्से-तुङले नेतृत्व गरेको ‘लङ मार्च’को परिणाम हो भन्न कञ्जुस्याइँ गर्नुपर्ने अवस्था छैन ।

एक हजार ८७९ किलोमिटर पार गर्दै बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भञ्ज्याङसम्म पुग्ने यो यात्रा मंसिर १४ गतेबाट सुरु भएको हो । देशको अवस्था, पार्टीको गतिविधि, नेपाली जनताको समस्या, मुलुकको भौगोलिक अवस्थितिबारे जानकारी राख्ने उद्देश्यले मुख्यतः निर्माणाधीन मध्यपहाडी लोकमार्ग हुँदै अघि बढेको एमालेको यो अभियानको छुट्टै महत्व देखिन्छ । अभियानको नारा ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ राखिएको छ ।

सङ्कल्प यात्राको नेतृत्वकर्ता एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो फेसबुकवालमा यात्राको उद्देश्यबारे जानकारी दिएका छन् । उनको फेसबुकवालमा लेखिएको छ- यात्राले एकापसमा बुझेरै सम्बन्धहरु विस्तार हुनेछन्, राजधानी र गाँउको दूरी घटाउँदै सम्बन्धहरु बढाउने छ । अध्यक्ष ओलीले ‘समृद्धिको लागि सङ्कल्प यात्रा २०८०’ समाजमा किन निराशा छाएको हो, अहिले देखिएका समस्याका कारणहरु के होलान्, समस्याको समाधान कसरी हुनसक्छ भन्ने विषयमा गरिएको एउटा सामूहिक प्रयास भएको उल्लेख गरेका छन् ।

अभियानको विषयमा केही फेसबुके अतिवादी लेखकले आलोचना गरेको भए पनि समग्रमा सङ्कल्प यात्राले स्थानीय समस्या बुझ्न र समाधानको लागि नीतिगत पहल गर्न सहयोग पुग्ने प्रतिक्रिया नै आएको पाइन्छ । अभियानको बारेमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सकारात्मक रहेको टिप्पणीसहित स्वागत गरेका छन् । सधैं एमालेको आलोचना गर्ने डा. भट्टराईले एमालेको अभियानलाई सकारात्मक भनेर प्रशंसा गरेको यो दुर्लभ परिघटना नै हुनुपर्छ ।

अभियानलाई सकारात्मक भन्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले त जाजरकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अभियानमा संलग्न नेताहरुलाई हार्दिकतापूर्वक स्वागत गरेका थिए । उनले एमालेको सङ्कल्प यात्रा जाजरकोट र पूर्वी रुकुम हुँदै अघि बढ्दा भूकम्प पीडितको राहतको पक्षमा सकारात्मक प्रभाव पर्ने प्रतिक्रिया दिए । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पनि एमालेको सङ्कल्प यात्रालाई सकारात्मक भनेका छन् । यात्राको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता विभिन्न जिल्ला पुग्दा ती जिल्लाका स्थानीय राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मीलगायतले स्थानीय एवं राष्ट्रिय समस्यासहितको ध्यानाकर्षणपत्र बुझाएर अभियानको सार्थकतालाई पुष्टि गरिरहेका छन् ।

देशको अवस्था, पार्टीको गतिविधि, नेपाली जनताको समस्या, मुलुकको भौगोलिक अवस्थितिबारे जानकारी राख्ने उद्देश्यले मुख्यतः निर्माणाधीन मध्यपहाडी लोकमार्ग हुँदै अघि बढेको एमालेको यो अभियानको छुट्टै महत्व देखिन्छ । अभियानको नारा ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ राखिएको छ ।

यो यात्राको अर्को पाटो पनि छ, एमाले अध्यक्ष केपी शर्मा ओलीको सक्रियता र सार्थकताको पुनर्पुष्टि । नेपालको राजनीतिमा पछिल्लो अवस्थामा देखिएको परिदृश्यले सर्वाधिक सक्रिय, सकारात्मक एवं विकासे दृष्टिकोण भएको एक जना नेताको रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उभ्याइरहेको छ । उमेर, शारीरिक अस्वस्थतालगायत तपसिलका विषयलाई पन्छाएर विकास र समृद्धिको पक्षमा आफूलाई अहोरात्र धकेलिरहने नेता केपी शर्मा ओलीमात्र हुन् भन्ने कुराको पुनर्पुष्टि र प्रमाण एमालेको ‘समृद्धिको लागि सङ्कल्प यात्रा २०८०’ हो । यात्रामा अध्यक्ष ओलीले देखाएको सक्रियता अतुलनीय छ ।

एक जना स्वस्थ र युवा व्यक्तिले समेत हप्तौं यात्रा गरेर सयौं-हजारौंसँग संवाद तथा दैनिक हुने सभामा घण्टौं मन्तव्य दिने कुरा असम्भव प्रायः लाग्छ । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले उमेर र रोगलाई पन्छाएर निरन्तर सयौं-हजारौंसँग संवाद र दैनिक आयोजना हुने सभाहरुमा सक्रियतापूर्वक गुनासो सुन्ने, विचार दिने र बहस गर्ने कामलाई जारी राखेका छन् । यो अध्यक्ष ओलीको विकास र समृद्धिको पक्षमा देखिएको आत्मविश्वास हो । सँगै मध्यपहाडी लोकमार्गको दूरी कम गर्न सकिन्छ कि भनेर अभियानकै क्रममा इन्जिनियरहरुको टोलीसमेत परिचालन गर्नु अर्को सकारात्मक पाटो मान्न सकिन्छ ।

अभियानले मध्यपहाडी लोकमार्गमात्र हैन पुष्पलाल राजमार्ग र शताब्दियौं अघिको सिल्करोडलाई समेत छुने भएको छ । नेकपा एमाले दोलखाका संयोजक नरबहादुर श्रेष्ठले ‘समृद्धिको लागि सङ्कल्प यात्रा २०८०’ पुष्पलाल राजमार्ग र सिल्करोडलाई समेत जोडेर सिन्धुपाल्चोक, दोलखा तथा रामेछापको भूभाग छुँदै अघि बढ्नुपर्ने माग अध्यक्ष केपी शर्मा ओलीसमक्ष राखेपछि अहिले यात्रा काभ्रेपलाञ्चोकको बनेपा-धुलिखेलबाट सिन्धुपाल्चोकको खाडीचौर-मुडे, दोलखाको खरीढुङ्गा-चरिकोट-तामाकोशी-किर्नेटार तथा रामेछापको सितली-मन्थली-खुर्कोटबाट सिन्धुली हुँदै चिवा भञ्ज्याङको लागि अघि बढ्ने भएको छ ।

एमालेको ‘समृद्धिको लागि सङ्कल्प यात्रा २०८०’ ले मध्यमहाडी लोकमार्गलाई पुष्पलाल राजमार्ग र उतिबेलाको सिल्करोडसँग जोडिदिएकोले तीन वटै मार्गलाई सँगसँगै विकास गर्नसमेत सहज हुने अपेक्षा गर्न सकिन्छ । अनि शहरका मात्र हैन, गाँउको कुना-कन्दराहरुमा रहेका नागरिकसँगै एउटै मेसोमा अन्तरक्रिया गर्दा आर्थिक समृद्धि र विकासमा नयाँ दृष्टिकोणसहितको योजना निर्माणमा दरिलो आधार प्राप्त हुनेछ ।

अध्यक्ष ओली र दोलखासँगको नाता

नेकपा एमालेले सुरु गरेको झुलाघाट-चिवा भञ्ज्याङ ‘समृद्धिको लागि सङ्कल्प यात्रा २०८०’ पुष्पलाल राजमार्ग र सिल्करोडलाई छुँदै दोलखा सदरमुकाम चरिकोटबाट अघि बढ्ने भएपछि अहिले सदरमुकाम चरिकोट आसपास राजनीतिक चहलपहलले तीब्रता पाइरहेको छ ।

एमालेको ‘समृद्धिको लागि सङ्कल्प यात्रा २०८०’ ले मध्यमहाडी लोकमार्गलाई पुष्पलाल राजमार्ग र उतिबेलाको सिल्करोडसँग जोडिदिएकोले तीन वटै मार्गलाई सँगसँगै विकास गर्नसमेत सहज हुने अपेक्षा गर्न सकिन्छ । अनि शहरका मात्र हैन, गाँउको कुना-कन्दराहरुमा रहेका नागरिकसँगै एउटै मेसोमा अन्तरक्रिया गर्दा आर्थिक समृद्धि र विकासमा नयाँ दृष्टिकोणसहितको योजना निर्माणमा दरिलो आधार प्राप्त हुनेछ ।

सदरमुकामका चिया पसलदेखि गाउँपालिकाहरुको केन्द्र र दोबाटाहरुमा एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्व, राजनीतिक सक्रियता, त्याग र अडानका विभिन्न किस्साहरु सकारात्मक-नकारात्मक ढङ्गले चर्चा गरिन थालेको छ । सँगै एमाले अध्यक्ष केपी शर्मा ओलीको दोलखासँगको नाता-सम्बन्धलाई पनि विभिन्न कोणबाट परीक्षण तथा व्याख्या गर्न थालिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको दोलखासँग राजनीतिक नातामात्र हैन पुर्खा सम्बन्धको नातासमेत रहेको छ । अध्यक्ष ओलीको पुर्खा दोलखाको सुन्द्रावती (हाल कालिञ्चोक गाउँपालिका वडा नम्बर ९) बाट गएको हो । राजनीतिक अभियानको क्रममा दोलखा आउँदा अध्यक्ष ओलीले एक रात आफ्नो पुर्ख्यौली थलो सुन्द्रावतीमा विश्रामसमेत गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली २०३० सालमा पक्राउ परेपछि लगातार १४ वर्ष जेल बसेका नेता हुन् । उनी २०४४ साल असार ११ गतेमात्र जेलमुक्त भएका थिए । त्यसको ६ महिनापछि २०४४ साल पुस २ गते तत्कालीन नेकपा मालेको केन्द्रीय कमिटीको निर्णयअनुसार केपी शर्मा ओली पार्टीको केन्द्रीय सदस्य बनेका हुन् । तत्कालीन नेकपा माले दोलखाको प्रथम जिल्ला अधिवेशन २०४५ साल मंसिर ६ देखि ८ गतेसम्म घ्याङ सुकाठोकरस्थित शिवप्रसाद भण्डारी (हाल नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य) को घरमा भएको थियो । तत्कालीन नेकपा माले दोलखाको पहिलो जिल्ला अधिवेशनको प्रमुख अतिथि केपी शर्मा ओली नै थिए ।

तत्कालीन अवस्थामा नेकपा मालेका १३ जना संगठित सदस्य रहेको र प्रथम जिल्ला अधिवेशनबाट माधव पौडेल (ललितपुर) जिल्ला कमिटी सचिव तथा स्व. पशुपति चौलागाईं, आनन्दप्रसाद पोखरेल, लालकुमार केसी, शिवप्रसाद भण्डारी, इन्द्रबहादुर खड्का तथा सम्बरबहादुर तमाङ जिल्ला कमिटी सदस्यमा निर्वाचित भएको शिव दाइले स्मरण गरेका छन् । त्यसयता अध्यक्ष केपी शर्मा ओलीले दोलखाको पटक पटक भ्रमण गरे । जनआन्दोलन २०६२/०६३ मा राजनीतिक ऊर्जाको लागि दोलखा आएका अध्यक्ष ओली २०७२ सालको विनाशकारी भूकम्पको बेला दोलखालीको पीडामा मल्हम लगाउन समेत सदरमुकाम चरिकोट आएका थिए ।

दोलखाको धार्मिक, सांस्कृतिक, सामाजिक र भौगोलिक अवस्थाको बारेमा राम्रो जानकारी भएका अध्यक्ष ओली मंसिर २५ गते ‘समृद्धिको लागि सङ्कल्प यात्रा २०८०’ को नेतृत्व गर्दै दोलखा आउने कुरा जिल्लाको समृद्धिको लागि समेत महत्वपूर्ण हुनेछ । त्यसैले मंसिर २५ गतेको छोटो अवधिलाई उपयोग गर्दै राजनीतिक सद्भाव र सहकार्यसहित दोलखाको सामाजिक, आर्थिक, सांस्कृतिक, भौतिक विकासको लागि संयुक्त ध्यानाकर्षणपत्र अध्यक्ष ओलीलाई दिने वातावरण बन्नुपर्छ ।


प्रतिक्रिया

One thought on “सङ्कल्प यात्रामा ओली साहस

Leave a Reply

Your email address will not be published. Required fields are marked *