कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु – Nepal Press

कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु

कैलाली । कैलालीका गोदावरी नगरपालिका-८ स्थित भित्री सडक खण्डमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सुप प्र ०१ ००१ ह ३४८४ नम्बरको अटो रिक्सा आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा चालक अन्दाजी ३४ वर्षीय चक्र सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर